arrow

कालिञ्चोक गाउँपालिका नेतृत्वको सवारी यूवाहरुले लिए कब्जामा

असारमा ल्याउनुपर्ने बजेट असोजसम्म नल्याएपछि आक्रोशित यूवाहरुले गरे सवारी कब्जा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
kalinchowk-youth-protest.jpg

दोलखा। असारमा ल्याउनुपर्ने बजेट असोजसम्म नल्याउने कालिञ्चोक गाउँपालिका नेतृत्वको सवारी यूवाहरुले कब्जामा लिएका छन् । स्थानिय नागरिकको अप्ठ्यारोलाई ध्यान नदिइ सवारी साधनमा सवार भएर  हिड्ने गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सवारी स्थानिय यूवाहरुले कब्जामा लिई गाउँपालिका कार्यालयमै राखेका छन्। 

कालिञ्चोक गाउँपालिकामा विगत एक महिनादेखी युवा संघर्ष समितिमार्फत युवाहरु आन्दोलित छन् । असार १० गते आउनुपर्ने बजेट अहिलेसम्म नआएकाले युवाहरु आक्रोशित बनेको संघर्ष समितिका संयोजक शैलेस आचार्यले बताए। परिवर्तनका लागि युवा अभियान अन्तर्गत निरन्तर खबरदारी गरिरहेका युवाहरुले बिहिवार कालिन्चोक गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रयोग गरिरहेको सरकारी सवारी साधन जफत गरेर गाउँ कार्यपालिकाको कार्यालयमा बुझाएको आचार्यले बताए ।

आर्थिक पारदर्शिता, उतरदायी जनप्रतिनिधि, दीगो विकास र समृद्धी लगायतका एजेन्डा लिएर आफूहरुले गाउँपालिकाका जनप्रतिनिधीहरुलाई जवाफदेही बनाउन खोजेको युवा अभियान्ताहरुले बताए। चरणबद्ध आन्दोलन अन्तर्गत विगतमा मेसेजमार्फत जनप्रतिनिधिलाई प्रश्न सोध्ने, धर्ना कार्यक्रम, विरोध सभा लगायतका कार्यक्रमहरु गरेको संघर्ष समितिका यूवाहरुले जनाएका छन् । अझै पनि जनप्रतिनिधीहरु नसुध्रिए आगामी दिनमा थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने अभियन्ताहरुले बताए।

गाउँपालिका अध्यक्ष बिन कुमार थामी र उपाध्यक्ष कालिका पाठकबीच गाउँपालिका केन्द्रको बिषयमा बिवाद बढेपछि अहिलेसम्म यस आर्थिक बर्षको बजेट गाउँपालिकामा पेश हुन सकेको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ