arrow

भक्तपुर कांग्रेस सभापति दुर्लभ थापालाई पितृशोक

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । मध्यपुर अस्पतालमा उपचारका क्रममा सभापति थापाका पिता डा रामबहादुर थापाको शुक्रबार ७९ वर्षका उमेरमा निधन भएको  हो ।

कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलका अनुसार मूत्रनलीको अर्बुदरोगको समस्यामा रहेका डा थापा केही दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रोस्टेट गन्थ्रीको शल्यक्रियापछि घरमा आराम गरे पनि स्वास्थ्यमा जटिल समस्या आएपछि शुक्रबार बिहान उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । 

मध्यपुर अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको कांग्रेसका नेता एवं मध्यपुर अस्पताल व्यव्स्थापन समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए । एक पुत्री र तीन पुत्र रहेका थापाका ज्येष्ठ पुत्र दुर्लभ काँग्रेस जिल्ला सभापति, माहिला पुत्र दर्दम व्यवसायी र कान्छा पुत्र प्रकाश नासा कलेजमा अध्यक्ष छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ती निकाली स्वर्गीय थापाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै गहिरो दुःख एवं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ