arrow

सर्लाहीको रामनगरमा २५० भन्दा बढी व्यक्ति नेपाली कांग्रेसमा प्रवेश

क्षेत्रको विकास र आम नागरिकको शान्ति, सुरक्षाका लागि कांग्रेस नै भरपर्दो विकल्पः सांसद सिंह

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
amresh-singh-sarlahi-nc-pra.jpg

सर्लाही। सर्लाहीको क्षेत्र न.४ को रामनगर गाउँपालिका वार्ड न. ५ विर्ताटोलमा नेकपा सहित विभिन्न पार्टी परित्याग गरेका २५० भन्दा बढी व्यक्तिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रामनगर गाउँ कमिटीले विर्ताटोलमा गरेको पार्टी प्रवेश कार्यक्रममा स्थानीय चुनावमा नेकपाको तर्फबाट वार्ड नं १ मा वडाध्यक्षको प्रत्याशी श्याम यादव, वडा नं ५ का निर्वाचित वार्ड सदस्य मोमलती यादव लगायत कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेस प्रवेश कार्यक्रम स्थानिय नेकपाका नेता कार्यकर्ताहरु राजदेव यादव, चन्देश्वर यादव, बेचन यादव, अंसीक यादव, रामबाबु यादव, सुबोध यादव, शिवजी यादव लगायतका २५० जना व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गरेकाहरुलाई कांग्रेस नेता डा. अमरेश कुमार सिंह, प्रदेश सांसद विरेन्द्र सिंह र ओपेन्द्र कुशवाहा लगायत व्यक्तिले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए । 

नेपाली कांग्रेसका नेता डा.अमरेश कुमार सिंहले बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र न. ४ लाई शिक्षा, स्वास्थ, यातायात र खानेपानी लगायत पुर्वाधारको दृष्टिबाट जिल्लाकै नमुना क्षेत्र बनाउन लागिपरेको बताए । नेपाली कांग्रेसले क्षेत्रमा सबै विकासको पूर्वाधार निमार्ण गरी आमनागरिकको जनजिवनलाई सहज बनाउने कुरामा प्रतिबद्व रहेको बताए । क्षेत्रमा राष्ट्रिय स्तरको प्राविधिक कलेज, सडक र अस्पताल समेत निमार्ण गरिने उनले बताए।

सर्लाहीको क्षेत्र न. ४ विकास र आम नागरिकहरुको शान्ति, सुरक्षाका लागि नेपाली कांग्रेसको कुनै अर्काे विकल्प नरहेको सांसद विरेन्द्र सिंहले दाबी गरे । सत्ताधारी राजनितिक दलको तानाशाही रवैयाको कारण क्षेत्रको आम नागरिकहरु त्रासको वातावरणमा बाँच्न बाध्य रहेको उनले बताए । नेपाली कांग्रेसको पहिलो एजेण्डा विकास र आम नागरिकको शान्ति सुरक्षा रहेको प्रदेश सांसद ओपेन्द्र कुशवाहाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ