arrow

साझा पार्टीको सहप्रवक्ता शरदराज पाठकको प्रवक्तामा बढुवा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २४ शनिबार
Sharad-R-Pathak-sajha.jpg

काठमाडौं । साझा पार्टीले सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य शरदराज पाठकलाई प्रवक्तामा बढुवा गरेको छ । उनी विगत छ महिनादेखि साझा पार्टीको सहप्रवक्ता थिए । केन्द्रीय सचिवालयले उनलाई प्रवक्ता नियुक्त गरेको विज्ञप्ती मार्फत जानकारी दिएको हो ।  उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उमेदवार थिए ।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए । उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ