arrow

देव महिला समाजद्धारा दुई सय परिवारलाई खाद्यान्न सामग्री सहयोग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २४ शनिबार
dev-mahila-samaj.jpg

काठमाडौं । मधेसी महिलाहरुको पहलमा गठन गरिएको समूह देव समाज देव महिला समाजले शनिबार दुई सय परिवारलाई खाद्यान्न सहित राहत सामग्री वितरण गरेको छ । कोरोना महामारी सुरु भएपछि तराइ मधेसका जिल्ला सहित राजधानी काठमाडौंमा असहाय, गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहितका राहत सामग्री समाजले वितरण गर्दै आइरहेको छ । 

समाजले वीर अस्पताल, पशुपती क्षेत्र, सहितका विभिन्न स्थानमा गरिव तथा असहायहरुलाई समाजले खाना समेत खुवाउँदै आइरहेको छ । देव समाजकी अध्यक्ष ममता कुमारी चौधरीले हालसम्म करिब तीन हजार बढी परिवारलाई समाजले राहत सामग्री उपलब्ध गराइसकेको र पशुपती क्षेत्रसहित वीर अस्पतालमा नै पुगेर बिरामी तथा असहाय हरुलाई खाना खुवाएको बताइन । 

समाजकी कोषाध्यक्ष आरती देवले समाजले समूहमा आबद्ध सदस्यहरुबाट सहयोग रकम उठाएर खाद्य सामग्री वितरण गर्दै आएको बताइन । देव समाजमा हाल ११ जना सदस्य छन् । समाजले वडा कार्यालय र स्थानीयहरुसँगको सहकार्यमा खाद्यान्न सामग्री वितरण गर्ने गरेको समितिकी सदस्य नैना देवले जानकारी दिइन। समाजको आगामी शनिबारको कार्यक्रम भने राजविराजमा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ