arrow

केडिया अपहरण : ३० बढीको हत्या गर्ने र प्रहरीलाई गोली हानेर जेलबाट भाग्ने दुबे समूहको हात

बारा प्रहरीले पत्रकार सम्मेलन गर्दै

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
suresh.jpg.jpeg
काठमाडौं । गत बिहिबारदेखि अपहरणमा परेका उद्योगी सुरेश केडियाको सकुशल उद्दार भएको छ । विहार प्रहरीले उनलाई आइतबार दिउँसो एक बजे विहारको मोतीहारी नजिकैबाट सकुशल उद्दार गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिएका छन् । 
 
यद्यपि, केडिया नेपाल आइपुगेका छैनन् । उनको अवस्थाबारे नेपाल प्रहरीलाई खासै जानकारी छैन । बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले सकुशल उद्दार भएको भन्ने जानकारी मात्रै आएको बताए । उनले भने, ‘अपहरण मुक्त भएको मात्रै हामीलाई जानकारी छ ।’ खासै जानकारी नभएको भन्दै सुरुमा पञ्छिएका  एसपी उप्रेतीले अहिले धेरै बोल्न मिल्दैन भने । उनले थपे, ‘पत्रकार सम्मेलन गर्दै छौं, समय यकिन भएको छैन, पछि थाहा पाइहाल्नु हुन्छ नी ।’ अपहरण मुक्त भएको मान्छे हामीलाई प्राप्त भएको छैन । अहिले धेरै नबोलौं । अपहरणकारी प्रक्राउ परेको बारे समेत उनले केही बोल्न चाहेनन् । 
 
यता, प्रहरी प्रधान कार्यालयका प्रवक्ता माधवराज जोशीले आफुलाई केडियाबारे केही जानकारी नआएको बताए । केडीयालाई भारतीय प्रहरीले कागजी प्रक्रिया अपनाएर नेपाल पठाउन बताइएको छ ।  व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए ।
 
उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर अपहरणकारीले चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेर उनलाई आफ्नो गाडीमा हालेर फरार भएको थिए । अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने दुईजना फरार भएका छन् । अपहरण बिहारको निकै कुख्यात मानिएको बब्बु दुबे समूहबाट गराइए स्रोतले जनाएको छ । बब्बु मोतिहरीकै एक कारागारमा कैद सजाय काटिरहेका छन् । 
 
बब्बु दुबे २०७० जेठ १५ गते काठमाडौंको सीतापाइलामा पक्राउ परेका थिए । अपराध अनुसन्धान महाशाखा प्रमुख सर्वेन्द्र खनाल नारायणी अञ्चल प्रहरी प्रमुख हुँदा उनकै नेतृत्वमा दुबे पक्राउ परेका थिए । खनाल दुबेका अपराधबारे राम्रो जानकार हुन् । खनालले हाम्राकुरासंग भने, ‘सुरेश केडिया अपहरण मुक्त भए भन्ने जानकारी आएको छ, हामी महानगरीय हेर्ने भएकाले थप जानकारी छैन । बब्बुको कुरा गर्नु हुन्छ भने, त्यो मान्छे त कुख्यात अपराधी हो । पहिले भारतमा ३०–३२ जना मारेको रेकर्ड छ ।’ प्रहरीलाई गोली हानेर जेलबाट समेत भागेको थियो । नेपाल आउँदा हामीले उसलाई समातेर भारतीय प्रहरीको जिम्मा लगाएका थियौं । जेलबाटै चाल चाल्ने मान्छे हो । 
 
पछिल्ला केही वर्षयता सुरक्षित अनुभव गरेका उद्योगी व्यापारीले नीजि सुरक्षा गार्ड (पिएसओ) समेत फिर्ता गरेको अवस्थामा केडिया अपहरणले त्रास छाएको छ । भारतीय समकक्षीसँग समन्वय गरी केडियाको अवस्था बुझ्ने काम भइरहेको प्रहरीले जनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ