arrow

स्कुटरमा सवार तारालाई ठक्कर दिएर मार्यो जीपले 

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
accident-final.jpeg

कास्की । पोखरा–बाग्लुङ सडकखण्डमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसकी २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । 

दुर्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । 

प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ