arrow

नेकपा छाडेर आएका ६० जनालाई कांग्रेसमा भित्र्याए देवेन्द्रराज कँडेलले 

logo
उमेश बिक,
प्रकाशित २०७७ असोज २५ आइतबार
congress-devendraraj-condel.jpg

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ मा नेकपाका ६० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा पूर्व  माओवादीका वडा कमान्डरसहित ६० जना रहेका छन् । कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्ताले तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षमा भन्दा आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले आफूले पार्टी छाडेको बताएका छन् ।

शनिबार आयोजित वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रमबीच उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस सरावल गा पा वडा नं ७ का सभापति सन्जय कुमार मिश्राको अध्यक्षता तथा कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलको प्रमुख आतिथ्य तथा कांग्रेस जिल्ला कार्यसमिति सभापति बिष्णु पौडेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नवप्रवेशीलाई साधारण सदस्यता वितरण गर्दै खादा अबिरले सम्मान गरेर पार्टी प्रवेश गराइएको हो । 

कार्यक्रममा सम्बोधन गर्दै कँडेलले अहिलेको सरकार महामारीको बेलामा पनि देशको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको र जनताको जीवनस्तर सुधार गर्न कदम नचालेको आरोप लगाए ।  भ्रष्टाचार द्वन्दहिनता जस्ता कार्यहरु यो सरकारको पालामा बढेर गएको उनले बताए । 

नेता कँडेलले वीपी कोइरालाको पालादेखि नै कांग्रेस समावेसी रहेको आदिबासी जनजाति, मधेशी, दलित, मुस्लिमको निम्ति सम्मान गर्ने पार्टी कांग्रेस नै भएको बताए । 

कांग्रेसको विचार र सिद्धान्तलाई अङ्गालेर कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई कांग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए। 

सरावल गाउँपालिका वडा नं ५ देखि ७ सम्म र पाल्हिनन्दन १ र केही वडामा डुबान समस्या रहेको हुनाले केन्द्रीय स्तरबाट आफूले पहल गरेको बताउँदै कांग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघि बढ्न सुझाव दिँदै कँडेलले आफू सधै कार्यकर्ताहरुसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

नवलपरासी पश्चिममा पछिल्लो समय नेकपा छाडेर कांग्रेस प्रवेश गर्ने लहर चलेको बताइन्छ । पछिल्लो एक महिनामा नवलपरासीको विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेकपाका कार्यकर्ता काङ्ग्रेस पार्टीमा प्रवेश गरेको जिल्ला सभापति बिष्णु पौडेलको दाबी छ ।

वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय संगठन बिभाग सदस्य मोहन प्रसाद शर्मा,  केन्द्रीय शिक्षा विभाग सदस्य राधेश्याम पाठक, जिल्ला सचिव गजानन्द पटेल, महासमिति सदस्य राधेश्याम चौधरी, महासमिति सदस्य अनिल कुमार गौड, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि उत्तमा राय, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, प्रदेशसभा सदस्य बैजनाथ जैसवाल ,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमिति सभापति बिनोदकुमार पाण्डेय लगायतका वक्ताहरुले प्रदेश र संघीय सरकार भ्रष्टाचार लिप्त भएको दाबी गर्दै देशमा भ्रष्टाचार रोकथाम गर्न तथा समृद्ध नेपाल निर्माण गर्न नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प नभएकोले काङ्ग्रेसप्रति लहर जागेको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ