arrow

ललितपुरमा चार हजारभन्दा बढी संक्रमित,सावधानी नअपनाएका कारण झन जोखिम

logo
सुभानु आचार्य,  
प्रकाशित २०७७ असोज २५ आइतबार
covid-test-positive-corona.jpg

ललितपुर । ललितपुरमा कोरोना संक्रमितको सङ्ख्या चार हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड संक्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट  निको भर्ई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १८६ पुगेको  छ । 

यसैगरी जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या दुईहजार २६३ र मृतकको सङ्ख्या ४५ पुगेको उक्त कार्र्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताए । उनले भने, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेका कारण यहाँ संक्रमितको सङ्ख्या बढिरहेको छ । सार्वजनिक यातायातमा हिड्ने आधाजसो यात्रुले मास्कको उचित प्रयोग नगर्नाका साथै आवश्यक स्वास्थ्यसुरक्षा अपनाउन पनि हेलचक्याई गरिरहेको देखिन्छ ।” 

महानगरपालिकामा ७९ देखि ८० प्रतिशत संक्रमितहरूको कन्ट्रयाक टे«सिङ गर्दा अपनाउनुपर्ने सावधानी नअपनाएका कारण झन जोखिम बढेको कार्यालय प्रमुख डा.गेलालको भनाइ थियो  । “हामीले महानगरपालिकाको टोल टोलमा पुग्नका लागि नयाँ योजना बनाउँदै छाँै”, उनले थपे,, “कोभिड संक्रमित स्वयंले पनि सजक भएर घरका अन्य परिवरको सम्पर्कबिना केही दिन एकान्तवास बसिदिए यसको जोखिम चाँडै न्यूनीकरण हुन्थ्यो ।” 

लपु महानगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ६०१ पुगेकामा  निको भर्ई डिस्चार्ज हुनेको सङख्या एक हजार ३४० पुगेको र सक्रिय संक्रमित एक हजार २३१ पुगेकामा  होम आइसोलेसनमा एक हजार १५० र बिभिन्न अस्पतालमा ८१ संक्रमितले उपचार गराइरहेका महानगरपालिका र्‍यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले जानकारी दिइन् । उनले भनिन्, “शनिवार भेटिएका २६५ संक्रमितमध्ये कति महानरवासी त कति महानगरबाहिरका भनेर हामीले छुट्टाउनै बाँकी छ ।” लपु महानगरपालिकाबाट हालसम्म ३० जनाले कोरोनाका कारण मृत्युवरण गरिसकेका छन्  । 

वडाका विभिन्न काममा लागिपर्दा  महानगरपालिका नं ८, नं १२ र नं १९ का वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएर उनहरु होम आइसोलेसनमा बसिरहेका छन्। महानगरपालिकामा हाल व्यापकरूपमा कोरोना बढेसँगै असोज २० देखि २७ गतेसम्म वडा नं ८, गत सोमबारदेखि आइतबारसम्म वडा नं १९ र वडा नं २० पूर्णरूपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षको भनाइ छ । 

गत बुधाबार मात्रै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका थिए। उनले हाल घरबाटै महानगरपालिकाको काम गरिरहेको प्रमुखका स्वकीयसचिव इन्द्र बज्राचार्यले जानकारी गराए। 

महालक्ष्मी नगरपालिकामा कोभिड संक्रमित सङ्ख्या ५४३ पुगेको छ । तीमध्ये संक्रमण मुक्तभर्ई स्वास्थ्यलाभ गर्ने २५५, सक्रिय संक्रमित २८५ यीमध्ये होम आइसोलेसनमा २६३ र अस्पतालको आइसोलेसनमा २२ रहेका नरपालिाकाका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए  । उनले भने, “ कोरोनाका कारण हालसम्म यस क्षेत्रमा तीन संक्रमितको मृत्यु भर्ईसकेको छ ।”  

गत सोमबार मात्रै नगरप्रमुख रामेश्वर श्रेष्ठ २२ औँ दिनमा कोरोना संक्रमणबाट मुक्त भएका थिए । 

उक्त नगरपालिकाले कोभिड संक्रमणको शङ्का लागेका व्यक्तिलाई मध्यनजर गरेर ती वडामा हप्तामा दुईपटकसम्म कोरोना परीक्षण गर्ने गरेको नगरप्रमुख श्रेष्ठले बताए । “कोरोनालाई ख्यालठट्टा सम्झेर चियापसल अनि टोलटोलमा बसेर गफ नगर्न, मास्कको उचित प्रयोगका साथै यात्रामा सामाजिक दूरी कायम गर्न र चाडवाड नजिकिएसँगै सामन खरिदका लागि बजार नजान आग्रह गर्दछु”, उनले भने, “कोरोनाको लक्षण नदेखिएका व्यक्तिबाट झन संक्रमण बढ्नसक्ने महसुस गरिरहेको छु । यसैले शङ्का लागेका व्यक्तिलाई कोरोना परीक्षण गर्न बोलाउँदा ठाडै अस्वीकार गर्ने गरेको पाइएकाले  स्वास्थ्यमा विशेष ध्यानदिन सबैलाई अनुरोध गर्दछु ।” 

गोदावरी नगरपालिकामा संक्रमितको सङ्ख्या ३०४ पुगेकामा निकोभर्र्ई डिस्चार्ज हुनेको सङ्ख्या १५१, होम आइसोलेसनमा रहनेहरू १३६, अस्पतालमा उपचार गराइरहनेहरूको सङ्ख्या छ, ।यसैगरी बडिखेल नगरपालिकामा आइसोलेसनमा छ र संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेकोे छ । 

उक्त नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा गत मङगलबार कोरोना संक्रमण मुक्त हुनुभएको थियो । कोञ्ज्योसोम  गाउँपालिकामा संक्रमितको सङ्ख्या १३ पुगेको छ । तीमध्ये चार सक्रिय संक्रमित आइसोलेसनमा रहेका र बाँकी नौको रिपोर्ट नेगेटिभ आइसकेको स्वास्थ्यशाखा संयोजक नवलकिशोर महतले बताए । 

वाग्मती गाउँपालिकामा संक्रमितको सङ्ख्या १३ पुगेकामा होम क्वारेन्टाइनमा छ र निकोभर्ई डिस्चार्ज हुनेको सङ्ख्या सात पुगेकोे संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए।  

महाङ्काल गाउँपालिकामा संक्रमित सङ्ख्या १४ पुगेकामा निकोभर्र्ई डिस्चार्ज हुनेको सङ्ख्या आठ र होम आइसोलेसनमा पाँच र एकको  अस्पतालमा उपचार भइरहेको बताउँदै स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले भने, “हामीले होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्यलाई ख्याल गरेर कोरोना पुष्टि भएको दिनदिेखि  तीनदिन, पाँचदिन, सातदिन, १०दिन र १४औँ दिनमा उनीहरूको स्वास्थ्य अवस्थाबारे फोन गरेर बुझ्ने गरेका छाँै ।”दक्षिण ललितपुरको तीन गाउँपालिकाका कुनै पनि व्यक्तिले हालसम्म कोरोनाका कारण मृत्युवरण गर्नुपरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ