arrow

पुल छेउ मोटरसाइकल र चाबी, पत्रकार प्रसाईँको स्थिति अझै अज्ञात

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
uttam-prsain.jpg

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँले हप्ता दिनदेखि बेपत्ता पत्रकार उत्तमप्रसाईँको शीघ्र खोजी गरी वास्तविक स्थिति छिटो पत्ता लगाई सार्वजनिक गर्न माग गरेको छ ।   अध्यक्ष शन्तराम बिडारीले आइतबार विज्ञप्ति जारी गरी सत्यतथ्य पत्ता लगाई यथाशीघ्र सार्वजनिक  गर्नका लागि सबै प्रकारका संयन्त्र परिचालन गर्न आग्रह गरेका हुन् ।

 काठमाडौँ शाखाका सदस्य तथा काठमाडौंबाट प्रकाशन हुँदै आएको युगव्यथा साप्ताहिकका संवाददातप्रसाईँ यही असोज १८ गते अपराह्न मैतीदेवीस्थित डेराबाट बेपत्ता भएको र उनको त्यसयताको स्थिति अज्ञात रहेकों शाखाले जनाएको छ । 

‘सोही दिन दिउँसो १ बजेसम्म कोठामै रहेका उनी गजुरीस्थित सिसीटिभी फुटेजमा बेग गतिका साथ आफ्नै मोटरसाइकलमा मुग्लिनतिर गएको देखिएको छ भने भोलिपल्ट मुग्लिनस्थित मुग्लिन–नारायणगढ खण्डको तीन नम्बर पुल छेउ सकुशल हालतमा हेल्मेट र चाबीसहित उनको मोटरसाइकल सडकछेउमै भेटिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै उनको पर्स, मोबाइल, चेकबुकलगायत सामग्री पनि त्यही डिलको २० मिटर तल सुरक्षित राखिएको भेटिएको छ शाखाले नेपाल प्रहरीलाई निजको मोबाइल कल ट्रयाकिङमार्फत वास्तविकता पत्ता लगाउन माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ