arrow

राफा नाडालले जिते कीर्तिमानी फ्रेन्च ओपनको उपाधि

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
rafael-nadal2.jpg

काठमाडौं । स्पेनिश खेलाडी राफायल नाडालले कीर्तिमानसहित फ्रेन्च ओपन टेनिसको उपाधि जित्न सफल भएका छन् । फ्रान्सको पेरिसमा आइतबार भएको फाइनलमा विश्व नम्बर एक सर्वियन खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै राफाले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् ।

क्ले कोर्टका बादशाह राफाले जोकोभिचलाई ६–०, ६–२ र ७–५ को सेटमा हराए । दोस्रो वरियताका राफाले लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका हुन् । 

राफा १३ पटक फ्रेन्च ओपनको उपाधि जित्ने एक्लो खेलाडी हुन् । पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका 
३४ वर्षीय राफाको यो करियरको २० औं ग्राण्डस्लाम उपाधि समेत हो ।

राफाले स्वीस टेनिस स्टार रोजर फेडेररले बनाएको सर्वाधिक २० ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् ।

महिलातर्फको उपाधि
फ्रेन्च ओपनको महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्विटेकले जितेकी छिन् ।

उनी मात्र १९ वर्षकी छिन् । 

उन्नाइस वर्षीया इगालाई फ्रेन्च ओपन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ