arrow

काभ्रेमा एक हजार एकमा कोरोना सङ्क्रमण

logo
रासस,
प्रकाशित २०७७ असोज २६ सोमबार
kavre-distric.jpg

काभ्रेपलाञ्चोक। काभे्रपलाञ्चोकमा कोरोना भाइरस् सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ। हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । महिलाभन्दा तेब्बर संख्याको हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ । आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष रहेका छन् । काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये पनि महिलाभन्दा पुरुषको सङ्ख्या तेब्बरभन्दा बढी छ । सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा.नरेन्द्र झाले जानकारी दिए। उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ बर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ ।

काभ्रेमा पछिल्लो केही दिनदेखि दैनिक सरदर ३० को संख्यामा संक्रमित थपिदै गएको तथ्यांकले देखाएको छ । आइतबार ४३ जनामा कोरोना सङ्क्रमण देखियो भने शनिबार १८, शुक्रबार ४३ तथा विहीबार २३ जनामा सङ्क्रमण देखिएको छ । एकै दिन काभे्रमा ७९ मासमेत सङक्रमण देखिएको थियो । “काभे्रपलाञ्चोकमा हाल  सरदर दैनिक ३० को हाराहारिमा संक्रमणदर देखिएको छ ”डा.झाले भने।

पोष्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३० महिला र ८० पुरुष अस्पताल आइसोलेशन र १२० महिला र १६९ पुरुष होम आइसोलेशनमा उपचाररत छन् । काभे्रपलाञ्चोकको कुल कोरोना सङ्क्रमितमध्ये हालसम्म ६० प्रतिशत कोरोना संक्रमणमुक्त भएका हुन् । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ बर्षिया सुत्केरी महिलाको मृत्यु भएको थियो।

यसैबीच काभ्रेका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । हाल जिल्लाकै कुल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ३६ प्रतिशत अर्थात् १४४ सङ्क्रमित बनेपा नगरमा छन्।

सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन् । हाल सक्रिय सङ्क्रमितमध्ये धुलिखेलमा ११९, पनौतीमा ३१, पाँचखालमा ३९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा नौ, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १०, महाभारत गाउँपालिकामा तीन रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ