arrow

आइसिटी स्टार्टअप अवार्डको मनोनयन अनलाइनबाटै

उत्कृष्ट ४ लाई विशेष अवार्ड दिइने

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
ictstartup.png.jpeg
काठमाडौ ।  सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अग्रणि म्यागजीन लिभिङ विथ आइसिटीले ‘आइसिटी स्टार्टअप अवार्ड २०१६’ आयोजना गर्ने भएको छ । म्यागेजिनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सो अवार्ड वितरण कार्यक्रम गर्न लागेको हो ।
 
आगामी असार ८ गते आयोजना हुने आइसिटी स्टार्टअप अवार्डमा नेपालका उत्कृष्ट ४ आइटी स्टार्टअपलाई सम्मान गर्न लागिएको म्यागेजिनका सम्पादक राजन लम्सालले जानकारी दिए ।
 
कसले भाग लिन पाउछन् रु
अवार्ड मनोनयनका लागि इच्छुक आइटी स्टार्टअपले यही जेठ १९ ९जुन १० सम्म कम्पनी विवरणसहित अनलाइन एप्लिकेशन फारम भर्नुपर्नेछ । नेपालमा कानुनसम्मत दर्ता भइ ५ वर्ष ननाघेका एवं बजारमा कम्तिमा एउटा प्रोडक्ट वा सेवा उपलब्ध गराएका स्टार्टअप कम्पनीले यो प्रतिष्पर्धामा भाग लिन सक्नेछन् ।
 
कार्यक्रममा आइसिटी क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका एक व्यत्तिलाइ विशेष सम्मान गरिने कार्यक्रम समेत रहेको बताइएको छ ।
एप्लिकेशन फारम भर्न तलको लिंक क्लिक गर्नुहोस् !
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ