arrow

छोराको मृत्यु संस्कारमा बेलायतबाट आएका बाबुको कोरोना लागेर होम आइसोलेशनमै मृत्यु  

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
corona-killed-final.jpg

धरान । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उनको सोमबार बिहान घरमा नै मृत्यु भएको हो ।

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए ।  

बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा  भीड भएका कारण उनलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । धरानमा एक पत्रकारसहित ८२ जनामा आज सङ्क्रमण पुष्टि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ