arrow

हुम्ला सीमाको स्थलगत निरिक्षणबाट फर्केर शाहीले भने, 'चीनले औंला मागेर हत्केला निल्न खोज्यो ' 

'स्तम्भहरुलाई घेर्ने पछि आफुखुसी सार्ने रणनीतिमा चिनियाँ पक्ष देखियो'

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ असोज २६ सोमबार
humla-boarder-inspection-ji.jpg

हुम्ला। लिमिको ललोङजोङ्गमा नेपाली भूमीमा चिनियाँ पक्षले सिमा मिचेर भौतीक संरचना बनाएको समाचार आइरहेका बेला सरकारले हतारहतारमा नेपाली भूमी अतिक्रमण नगरेको बतायो। सरकारको भनाइमा स्थानिय जनप्रतिनिधीहरुले फरक मत राखे। केन्द्र सरकार र स्थानिय जनप्रतिनिधीको फरक फरक कुरा आएपछि उनै स्थानिय जनप्रतिनिधीहरु तथा पत्रकारहरुको टोली लिएर पूर्वमन्त्री तथा कर्णाली प्रदेश सभाका विपक्षी दलका नेता जीवन बहादुर शाही सीमाको निरिक्षणमा गएका थिए।

सीमा क्षेत्रका रहेका सबै स्तम्भहरुको निरिक्षण भ्रमण गरेर फर्केका शाहीले सोमबार हुम्लामा पत्रकार सम्मेलन गरेर सीमामा अतिक्रमण भएको बताए । अहिलेसम्म असल छिमेकीका रुपमा हेरिएको चीनले नेपाली सीमाको अतिक्रमण गरी नेपाल माथि विस्तारवाद लागू गरेको शााहीले आरोप लगाए। नेपाली कांग्रेसका नेता शाहीले एक ठाउँमा नभई धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको पत्रकारहरुसंगको भेटघाटमा बताए।

चीनले लिमिको लाप्चा क्षेत्रको दाहिने लाप्चामा रहेको १२ नम्बर स्तम्भ पुनः निर्माण गरेको, ९(२) नम्बर स्तम्भलाई मध्य बनाएर आफ्नो घेरवार हालेको, ७ (२) नम्बर पिलर कता छ पत्ता लगाउने अबस्था नभएको, ६ ( १), ५ (१) र ५ (२) नम्बर पिलरलाई आफ्नोतिर पारि नेपाली भूमीमा घेरवार गरेको प्रत्यक्ष अबलोकन भ्रमणका क्रममा भेटिएको नेता शाहीले बताए । सधै दक्षिणको सीमा नेपाली सिमा मिचेको भन्ने सुनिन्थ्यो तर पछिल्लो समय हुम्लामा पनि चीनले नेपाली भूमी अतिक्रमण गर्दै छिमेकी चीनले सीमा क्षेत्रमा विस्तारवाद लागू गरेको शाहीले आरोप लगाए ।

चीनसँगको सीमा क्षेत्रमा रहेका स्तम्भहरुको स्थलगत अवस्थाको अवलोकन गरेर सदरमुकाम सिमकोट फर्केपछि नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता शाहीले एक ठाउँमा नभई धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको र सिमा क्षेत्र हिल्सामा रहदै आएका नेपाली सुरक्षाकर्मीहरुलाई स्तम्भहरुको अनुगमन गर्न जानेक्रममा ढुङ्गाले हानेर सिमा स्तम्भतिर जान नदिएर अभद्र व्यवहार प्रस्तुत गरेर उनले बताए।

असोज १४ गते सिमकोटबाट सिमा अबलोकनका लागि गएका नेता शाहीको टोली नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा पुगेपछि त्यहाँ चिनियाँहरुले नेपाली भूमीमै भवनहरु बनाएको पाएको उनले बताए । उनले चिनियाँहरुले नेपाली भूमीमै घरहरु बनाएको दावी गर्दै दुवै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा यथाशक्य चाँडो अध्ययन तथा अनुगमन गर्न समेत सरकारसँग माग गरेका छन् ।

सीमा स्तम्भहरुको निरक्षण प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइने

अहिले सीमा क्षेत्रमा रहेका स्तम्भको अवलोकन गर्दा चीनले औंला मागेर हत्केला निल्ने नीति अबलम्बन गरेको र सीमा क्षेत्रका नेपालीलाई सीमा स्तम्भका बारेमा नबोल्न धम्की दिने गरेको पाइएको पनि शाहीले बताए । उनले पहिले स्तम्भहरुलाई घेरबार गर्ने पछि नेपाली पक्षको उपस्थिति नहुने देखिएपछि त्यसलाई आफुखुसी सार्ने रणनीतिमा चिनियाँ पक्ष रहेको बताए। निरिक्षणका क्रममा एउटा सीमास्तम्भ खोलामा फालिएको अवस्थामा पाइएको पनि उनले बताए । अहिले चीनले मिचेको सिमाका सम्बन्धमा नेपालमा राजनीति दलभन्दा माथि उठेर राष्ट्रियताको पक्षमा बुलन्द आवाज उठाउने बेला आएको शाहीले बताए । सिमा अबलोकन पछि आफूले तयार पारेको स्थलगत प्रतिवेदनलाई जिल्लामा सर्वदलीय बैठक, स्थानीय अधिकारीहरुसंगै केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली कांग्रेसका सभापति, नेकपाका अध्यक्ष प्रचण्ड लगाएका नेताहरुलाई पनि पेश गर्ने नेता शाहीले बताए ।

पत्रकार सम्मेलनमा शाहीले भने, 'चीनले अहिले भवनहरू बनाएको भन्दा २–३ किलोमिटर चीनतर्फ २०६६ सालमा हामीले सडक बनाएका थियौं । त्यतिबेला साविक लिमी गाविस र स्नोल्याण्ड एकिकृत बिकास केन्द्र नामक संस्थाको संयुक्त पहलमा सडक बनेको थियो । सो सडक निर्माण गर्न प्रयोग गरिने डोजर चीनको बाटो भएर ल्याईएको थियो । यदि त्यो भूमी चीनको भए किन त्यतिखेर सडक निर्माण गर्न दियो । अहिले आएर त्यो सडक आफ्नो हो भन्दै त्यस भन्दा यता ९ वटा भवन बनाइसकेको छ । हाम्रो भूमी नमिचि हामीले चीनसँग निहुँ खोज्न लागेका होइनौं । चीनले हाम्रो अतिक्रमित भूमि फिर्ता गर्नै पर्दछ । यसका लागि दुबै देशले विज्ञ सम्मिलित टोली पठाउनुपर्छ । एक इञ्च पनि हाम्रो भूमि दिदैनौं भन्नेले हाम्रो भूमी किन मिचे यसका लागि चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयले चाँडो भन्दा चाँडो पहल गर्नु पर्छ ।'

देश नै नरहे हामी कोही पनि नरहने स्पष्ट पार्दै नेता शाहीले यो आवाजलाई सधैं उठाइरहने प्रतिबद्धता जनाउदै उत्तर र दक्षिण समान मित्र भए पनि अन्याय गर्ने जो कोहीका विरुद्ध डर नमानी लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ