arrow

रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
accident-final.jpeg

डोटी । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ