arrow

भाले चितुवा मृत फेला

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
dead-leopard.jpg

दमौली । तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । 

विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत अवस्थामा फेला पर्ने चितुवाको सङ्ख्या सात पुगेको छ । 

डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ