arrow

‘पपुलिष्ट बन्न खोजेको होइन, स्रोत र शक्तिलाई सिंहदरबारबाट गाउँ लैजान चाहेको हुँ’

कर्मचारी तलब बढ्दा ३०–३५ अर्बको दायित्व थपिन्छ : अर्थमन्त्री

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
fainance-ministor.jpg.jpeg
काठमाडौं । सरकारले शनिबार व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०७३–०७४ को आयव्यय विवरणको विषयमा अर्थमन्त्री विष्णु पौडेलले सर्वसाधारणलाई जानकारी गराएका छन् । व्यवस्थापिका संसद्मा बजेट पेश गरेपछि आइतबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी बजेटको सारांश सर्वसाधारण समक्ष प्रस्तुत गरेका हुन् । 
 
कार्यक्रममा अर्थमन्त्री पौडेलले यो बजेट बढी महत्वाकाँक्षी र छरपष्ट रहेको भन्ने आलोचनालाई प्रतिवाद गरेका छन् । व्यवस्थित तरिका र योजनावद्ध ढङ्गले प्रस्तुत गरिएको बजेटलाई छरपष्ट र अव्यवहारिरक भन्नुको पछाडि कुनै स्पष्ट आधार नरहेको उनको भनाई थियो । मुलुकले चाहिरहेको उर्जा संकट निवारण, कृषिमा आधुनिकीकरण, विद्युत विकास लगायतका स्वभाविक क्षेत्रमा बजेट केन्द्रित गरिएको भन्दै आफ्नो बजेटमा वित्तीय अनुशासन भङ्ग हुने भनेर प्रतिपक्षीले गरेको आलोचना यथार्थ नरहेको उनको जिकिर छ । 
 
नेपालीको बढी संलग्नता रहेको कृषिमा अहिलेको बजेटले बढी प्राथमिकता दिएको स्पष्ट पार्दै उनले कृषिमा नियमित बृद्धिका अतिरिक्त ३० अर्ब बढी बजेट विनियोजन गरिएको उनले बताए । 
 
बजेट कार्यान्वयनमा चुनौती त प्रसस्तै छन् नि ? भन्ने प्रश्नमा मन्त्री पौडेलले प्रगतिको लागि चुनौती आवश्यक रहेको र परम्परागत ढर्राबाट माथि उठ्नको लागि यस्तो बजेट ल्याईएको उनले ठोकुवा गरे । शक्ति र स्रोतलाई सिंहदरबार र राष्ट्रबैंकमा नराखी जनताको घर र गाउँमा लैजान आफूले चाहेको कुरा पनि स्पष्ट पारे । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कर्मचारीको तलब बढाउँदा राज्य कोषलाई ३०–३५ अर्बको बढी भार पर्ने भएपनि कर्मचारीको क्षमता अभिबृद्धिको लागि यो आवश्यक रहेको जिकिर गरे ।  
 
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष एवं पूर्व गभर्नर युवराज खतिवडाले कृषिजन्य बस्तुमा बढी बजेट छुट्टाइएको भन्दै यसले कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने आश्वासन पनि दिए । उनले कृषिको लागि सरकारले ल्याएको बजेटले कृषि क्षेत्रको उत्थानका लागि महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे । कार्यक्रममा अर्थराज्यमन्त्री, अर्थमन्त्रालयका उच्च सरकारी अधिकारीहरू समेतको उपस्थिती थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ