arrow

मेयरसहित चार सञ्चारकर्मीमा कोरोना

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
covid-test-positive-corona.jpg

महोत्तरी । महोत्तरीमा कोभिड–१९ संक्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ  । मंगलबार एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि यो सङ्ख्या आठ पुगेको हो । यसअघि नै चारजनामा संक्रमण पुष्टि भएको थियो । 

मंगलबार संक्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलङ्गेले आफूमा कोभिड–१९ संक्रमण पुष्टि भएको बताए । चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा संक्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिए । सम्बन्धित चारैजना आफैँले यसको पुष्टि गरेका छन् ।

यसअघि राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसिआर परीक्षणबाट कोभिड–१९ संक्रमण पुष्टि भएपछि अहिले ‘होमआइसोलेसन’मा छन् । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार संक्रमण पुष्टि भएको हो । यसैगरी अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो । यद्यपि महतो र मण्डल दुवै संक्रमणमुक्त भइसकेका छन् ।

महतोमा असोज–१० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट संक्रमण पुष्टि भएको थियो । जिल्लाका यी सबै सञ्चारकर्मीले बर्दिवास अस्पतालमा स्वाब परीक्षणका लागि दिएका हुन्।

महोत्तरीमा पछिल्लोपटक एकजना नगरप्रमुखमा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा  सोमबार अबेर राति कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

 नगरप्रमुख साह आफैँले सोमबार अबेर राति आफ्नो पिसिआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका हुन्। महोत्तरीमा हालसम्म एक हजार ६०३ मा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यहाँ १५ जनाको कोभिड–१९ संक्रमणले ज्यान गएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ