arrow

आधुनिक बन्दै रोल्पा कांग्रेस, ४ करोडको सुविधा सम्पन्न आफ्नै भवन

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
rolpa-congress-new-pic.jpg.jpeg
रोल्पा । नेपाली कांग्रेस रोल्पाले कार्यालय सञ्चालनका लागि आफ्नो स्वामीत्वमा रहेको नयाँ भवन निर्माण गर्दैछ । यसरी भवन निर्माण तथा जग्गा खरिद गर्नका लागि जिल्ला कार्य समितिका कोषाध्यक्ष खटक बहादुर खत्रीको संयोजकत्वम ७ सदस्यीय निर्माण समिति समेत गठन गरिएको नेपाली कांग्रेस रोल्पाले जनाएको छ । 
 
जसको सचिवमा हरिबहादुर पुन, कोषाध्यक्षमा कविता उपाध्याय सदस्यहरुमा पहलमान वली, मोहन परियार र लक्ष्मी डाँगी रहेका छन् । नयाँ भवन निर्माणका लागि पार्टीले थप जग्गा खरिद गरेको छ । यसरी निर्माण गरिने भवन  आधुनिक तथा सुविधा सम्पन्न बन्ने नेपाली कांग्रेस रोल्पाका सभापति एवम् नेपाली कांग्रेसका सांसद अमरसिंह पुनले जानकारी दिए ।
 
उनका अनुसार भवनमा  सभाहल, मिटिङ हल, सभापतिको कार्यकक्ष, पदाधिकारीहरुको कार्यकक्ष तथा रोल्पा जिल्लामै विशेष खालको अतिथि गृहको लागि करीव १६ वटा कोठाहरु निर्माण गरिने छन् । पुनका अनुसार  भवनमा भातृ तथा सुभेच्छुक संगठनहरुलाई पनि कार्यालय ब्यवस्थापनका लागि कोठा उपलब्ध गराइने छ  । हाल नेपाली कांग्रेसको पार्टी कार्यालय जीर्ण  भइसकेको पुरानो भवनबाट संचालन भईरहेको छ ।   
 
करिव ४ करोडको लगानी लाग्ने अनुमान गरिएको भवन निर्माण कार्य अबको करिव २ वर्ष भित्र सम्पन्न हुनेछ । भवन निर्माणका लागि जो कसैले पनि इच्छा अनुसार आर्थिक सहयोग गर्न सक्नेछन् । यसरी आर्थिक सहयोग संकलनका लागि पार्टीका सम्पूर्ण कार्यकर्ता परिचालन गरिने बताइएको छ । आर्थिक सहयोग गर्नका लागि स्वदेश तथा विदेशमा रहने सबैमा आह्वान समेत गरिएको नेपाली कांग्रेस रोल्पाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ