arrow

रोटरी क्लब अफ भादगाउँले हुम्ला ताजाकोटका २ सय १९ घरधुरीलाई पठायो राहत

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ असोज २७ मंगलबार
rotary-bhadgaun-help-humla.jpg

हुम्ला। हुम्ला जिल्लाको सदरमुकाम सिमकोटदेखि ५२ कोष टाढा पर्ने ताजाकोट गाउँपालिकाका २ सय १९ घरधुरीका बाढीपीडितलाई  राहत स्वरुप खाद्यान्न बितरण गरेको छ । रोटरी क्लब अफ काठमाडौं मेट्रो र रोटरी डिस्ट्रीक ३२९२ को आर्थिक सहयोग र सामाजिक अभियन्ता एबं रोटरी क्लब अफ भादगाउँका निबर्तमान अध्यक्ष रोटरीयन वसन्ती शाहीको पहलमा राहत खाद्यान्न वितरण गरिएको हो ।

हुम्ला जिल्लाको निर्वाचन क्षेत्र “क” ताजाकोट वडा नं १ का ३३ घरधुरी वडा नं २ का ४२ घरधुरी, वडा नं ३ का ६५ घरधुरी, वडा नं ४ का ४० घरधुरी र र वडा नं ५ का ३९ घर परिवार गरी जम्मा २ सय १९ बाढी पहिरोबाट पिडित घरधुरीलाई प्रति घरधुरी ३० केजीका दरले २ सय १९ बोरा चामल राहतस्वरुप वितरण गरिएको ताजाकोटबाट धर्मराज जैशीले बताए । गएको भाद्र २९ गते भारी बर्षाका कारण आएको बाढी पहिरोले घरसहित खेती लगाएको जग्गासमेत वगाएपछि पालमुनी वस्दै आएका वाढी पिडितहरुलाई रोटरी कल्ब अफ भादगाउँको आयोजनामा राहत बितरण गरेको रोटरी कल्ब अफ भादगाउका अध्यक्ष प्रकाश थापाले बताए । 

राहत पाउदा खुसी व्यक्त गरेका बाढी पिडितहरुले लामो समयदेखि पालमुनी वस्दै आएकाले जाडो बड्नु अघी नै आवासको उचित व्यवस्था गरिदिन सरोकारवालाहरुलाई आग्रह गरेको छन् । राहत वितरण गर्न आबश्यक पर्ने २ सय १९ बोरा चामल खरिद गरी ताँजाकोट सम्म पुर्याउन ४ लाख २७ हजार ५० रुपैयाँ खर्च भएको छ । जसमा रोटरी क्लब अफ भादगाउँ, रोटरी क्लब अफ काठमाडौं मेट्रो र रोटरी डिस्ट्रीक ३२९२ बाट संयुक्त रुपमा ३ लाख र बाँकी १ लाख २७ हजार ५० रुपैया नेपाली कांग्रेस जिल्ला कार्य समिति हुम्लाले सहयोग गरेको राहत बितरण कार्यक्रमस्थलमा रहेका नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिब एबं नेपाली कांग्रेस प्रदेश नंं. “क” का सभापती मोहन विक्रम सिहले बताए ।

रोटरी क्लब अफ भादगाउँको आयोजनामा ताजाकोटमा गरिएको राहत बितरण कार्यक्रममा नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष धर्मराज जैसी, नेपाली कांग्रेस अदानचुली गाउँ पालिका इकाइ सभापति शेरबहादुर वुढालगाएत ताजाकोटका स्थानियबासीहरुकोे उपस्थिती रहेको सचिब सिंहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ