arrow

संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
dead-body11.jpg

काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मंगलबार १८ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमणबाट १८ जनाको निधन भएको जानकारी दिए । 

योसँगै अहिलेसम्म ६६३ जना संक्रमणबाट निधन भइसकेका छन् । 

नेपालमा संक्रमणमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ । यस्तै मृत्यु प्रतिदश लाख (संक्रमण) मा २२.७ जनामा रहेको छ । मंगलबार तीन हजार ५५६ जनामा संक्रमण देखिएको थियो भने एक हजार ५०३ जना डिस्चार्ज भइ घर फर्किसकेका छन् ।

 शून्य संक्रमित भएको जिल्ला मनाङ मात्र रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५०० भन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, भक्तपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ