arrow

अर्काको घरको तस्विर देखाएर वडा अध्यक्ष गजुरेलले निकाले राहत रकम

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २७ मंगलबार
nuwakot-gajurel-ward-chair.jpg

नुवाकोट । तारकेश्वर गाउँपालिकामा नेकपाबाट निर्बाचित ५ न वार्ड अध्यक्ष चुडामणी प्रसाद गजुरेलले गाउँपालिका प्रमुख रमेश बहादुर वस्तीको मिलेमतोमा भुकम्प पिडितले पाउने राहतमा किर्ते गरि रकम लिएका छन्। एकाघर बस्ने आफ्नो आमाको नाममा राहत रकम लिइसके पनि वडा अध्यक्ष चुडामणी प्रसाद गजुरेलले आफ्नो नाम पनि लाभग्राहीमा हालेका थिए ।

चरम विवाद हुँदाहुँदै पनि राजनीति शक्तिको आडमा उनी नाम हाल्न सफल भएका थिए । स्थानियहरुको बिरोधका बाबजुद लाभग्राहीमा नाम राखे पनि हाल आएर आफुले घरनै नबनाइ अर्कै लाभग्राहीको डीपीसी गरेको घरको तस्विर राखि रकम निकासा गराएका छन् । उनले पेश गरेको तस्विर भएको घरको तस्विर राखि मन्सुरी तामाङले दोस्रो किस्ता रकम लिइसकेकी छन् । नयाँ इन्जिनियर आएको मौका छोपि अध्यक्षले पुन सोहि घरमा बसेर फोटो खिचाइ घरै नबनाइ दोस्रो किस्ता रकम समेत लिएका छन् । 

वडाध्यक्ष गजुरेलले बुधसिङ घाटमा रहेको घरबाट पनि मुआब्जा लिएका छन् । गल्छि त्रिसुली सडकबाट उनले मुआब्जा लिएको जनाउँदै स्थानियहरुले राजनीतिकै आडमा उनले तीन ठाउँबाट फाइदा लिन सफल भएको बताए । नीजले इन्जिनियरहरुलाई थर्काइ थर्काइ यस्तै नक्कली काम मात्रै नै धेरै गर्दै आएको स्थानियको गुनासो छ । स्थानिय जनताले नुवाकोट जिल्ला प्रसासन कार्यालय र जिमालिमा समेत उजुरी दिएका छन् । निबेदनमा किर्ते र ठगी केस लगाउनु पर्ने माग रहेको छ । प्रशासनले कार्बाही नगरे कार्यलय चल्न समेत नदिने स्थानियहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ