काठमाडौं। नेपाली काँग्रेसले अर्थमन्त्रिले बजेट पेश गर्नु अगावै बजेट सार्वजनिक गरेर संसदको अपमा न गरेको भन्दै ब्यवस्थापिका संसद बैठकमा अवरोध पुर्याएको छ। त्यसपछि सभामुखले रुलि. गरदै बैठक आधा घण्टालाई स्थगित गरेकी छिन्।
बजेट जस्तो संवेदनशिल र गोप्य कुरालाई संचार माध्यमहरुलाई सुचना दिएर संसदको अपमान भएको भन्दै काँग्रेसले संसद अवरोध गरेको हो।
नेपाली काँग्रेसका नता रामशरण महतले अर्थ मन्त्रिले बजेट प्रस्तुत गर्नु अगावै पत्रिकामा बजेट सार्वजनिकहुनु संसदको अपमान रहेको बताउँदै संसदीय छानविन गर्न माग गरेका छन्।
व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सदनको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद डा रामशरण महतले सदनमार्फत सार्वजनिक हुनुपर्ने बजेट पत्रिकाबाट आएको र त्यसबाट संसद्को मानहानि हुनुका साथै विशेषाधिकारसमेत हनन भएको बताउनुभयो ।
एक दिनअघि नै समाचारपत्रमार्फत बजेटका सबै महत्वपूर्ण सूचना एवम् जानकारी चुहाउँदा शेयरबजारमा आएको उछालले आर्थिक क्षेत्रमा नकारात्मक असर परेको बताउनुभयो ।
उहाँले गोपनीयताका साथ तयार हुने र सदनमा प्रस्तुत केही घन्टाअघिमात्र मन्त्रिपरिषद्लाई जानकारी दिइने गरेको प्रचलित मान्यताविरुद्ध सूचना चुहाइएकामा छानबिनको माग गर्नुभयो ।
पत्रिकामा आएको तथ्य र बजेटमा रहेका कुरा एकै रहेकाले छानबिन समिति गठन गर्नु पर्ने काँग्रेसको माग रहेको छ। छानविन समिति गठन नभएसम्म काँग्रेसले संसद चलन नदिने बताएको छ।