arrow

लाखौंको अवैध मालसामान बरामद

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७७ असोज २९ बिहिबार
121334788_639272156950725_3.jpg

नवलपरासी । नवलपरासी पश्चिम  प्रहरीले ७ लाख ३६ हजार ४ सय मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ । बुधबार बिहान नेपालबाट भारत तर्फ अवैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको १ लाख ३६ हजार मुल्य बराबरको ३७ बोरामा १७०० केजी सेतो मटर प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ५ बसहियाबाट बरामद गरेको हो ।

त्यसैगरी नेपालबाट भारत तर्फ लैजादै गरेको ३ लाख २० हजार मुल्य बराबरको ८० बोरामा ४००० केजी मटर ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ९ खजुरीपुलबाट बरामद गरेको छ । 

त्यसैगरी नेपालबाट भारत तर्फ अवैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको २२ हजार मुल्य बराबरको ८ बोरामा २७५ केजी मटर प्रहरी चौकी पांचपेडाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ बरामद गरेको छ ।

त्यसैगरी भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा मोटरसाईकलमा राखि ल्याउदै गरेको १ लाख १२ हजार ४ सय बराबरको लेडिज कुर्ता सुरुवाल ५ थान, सुटको थान कपडा ३ थान, ध्वजा कपडा ४० मिटर, कासको दियो १७ पोका र रियल मी सी ईलेभन मोवाईल ५ थान र नेपालबाट भारत तर्फ २० हजार मुल्य बराबरको ६ बोरामा २५० केजी मटर गरी जम्मा १ लाख ३२ हजार ४ सय सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं २ हरपुरबाट बरामद गरेको छ ।

त्यस्तै ६ हजार मुल्य बराबरको चिनी १ बोरा र नेपालबाट भारत तर्फ १ लाख २० हजार मुल्य बराबरको १५०० केजी मटर गरी जम्मा १ लाख २० हजार मुल्य बराबरको मटर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं २ मुडेराबाट बरामद गरेको छ । बरामद सेतो मटर,बिभिन्न कपडा,चिनी, कासको दियो आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ