arrow

जिल्ला अदालत काठमाडौंको बारमा विधानलाई चुनौती दिने गरी बागी टिम खडा

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
District-Court-ktm.jpg.jpeg
काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएशनको जेष्ठ २९ गते हुने निर्वाचानमा डेमोक्रेटिक लयर्स एसोसिएशनको तर्फबाट २ प्यानल भिड्ने भएका छन् । प्रजातान्त्रिक समूहको कब्जा रहेको बार भनेर परिचित काठमाडौं जिल्ला अदालत बार एसोसिएशनको नयाँ कार्य समितिको निर्वाचनका लागि छनोट समितिको दुई तिहाई बहुमतबाट घोषणा भएको आधिकारिक प्यानलकोविरुद्धमा छनोट समितिको अल्पमत सदस्यले छुटै बागी प्यानल खडा गरेर डिएलए विधानलाई नै चुनौती दिएका छन् । 
 
एसोसिएशनका अध्यक्ष भरत खरेलको संयोजकत्वमा गठित नौं सदस्य उमेदवार छनोट समितिले तेज रावलको नेतृत्वमा बारको आगामी कार्य समिति निर्वाचित गर्न लागि उमेद्वारी खडा गर्ने निर्णय गरेपछि अल्पमतमा रहेका योगेन्द्र अधिकारी, राजेश्वर अधिकारी र कृष्ण पनेरुले लगायतले लक्ष्मण थपलियाको नेतृत्वमा बागी उमेदवारी दिन लगाएका हुन् । 
 
नेपाली कांग्रेस नेतृत्वलाई नै चुनौती दिनुपर्ने र बहुमतको निर्णय कुनै हालतमा नमान्ने भन्दै छनोट समितिको अल्पमतमा अधिकारीद्वय र पनेरु लगायतको टिम सक्रिय भएर लागेका हुन् । न्याय सम्पादनमा समेतद असर पर्न सक्ने विवादित छविका अधिकारीले संगठनको विधानविरुद्ध काम गर्दै आएको डिएलए स्रोतको जिकिर छ । यस अघि पनि डिएलए विभाजनको कारत तत्व उनको नेतृत्वमा रहेको टिम थिए भन्ने आरोप लाग्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ