arrow

चार कर्मचारीमा कोरोना, नगरपालिका सिल

logo
प्रकाशित २०७७ असोज २९ बिहिबार
corona-test-kit.jpg

बैतडी । पाटन नगरपालिका क्षेत्र बिहिबारदेखि आगामी कात्तिक ३ गतेसम्म सिल  गरिएको छ । 

नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए ।  

नगरपालिकाभित्र समुदाय स्तरमै कोरोना भाइरसका संक्रमित देखिन थालेपछि सिल गर्ने निर्णय गरेको हो । 

नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द रहेका छन् । यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलनमा पनि रोक लगाइएको छ । 

यसका साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ