arrow

विराटनगरमा ठूलो संख्यामा बेसाहराहरुको उद्दार, उद्दारमा विराटनगर महानगर सक्रिय

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २९ बिहिबार
biratnagar-street-people-re.jpg

विराटनगर । विराटनगरमा सडकमा बेसाहरा बनेर कठिन जीवनयापन गरिरहेकाहरुको ठूलो संख्यामा उद्दार गरिएको छ । बिहिवार विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगर ९ स्थित गुद्री आसपास क्षेत्रमा बस्दै आएका १२ जनाको उद्दार गरेका हुन् । सडकमै दिसापिसाब गर्ने र जथाभावि बोल्ने गरेका कारण ती व्यक्तिहरु असुरक्षित समेत बनेका थिए ।

विराटनरका सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियान अनुरुप सडकपेटीमा बस्दै आएकाहरुको उद्दारमा महानगर लागिरहेको छ । बिहिबार उद्दार गरिएकाहरुलाइ विराटनगर १० मा रहेको मानव सेवाआश्रममा राखिएको छ । यसभन्दा अगाडी विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ । आज एकै पटक ठूलो समूहमा सडकपेटीमा बस्दै आएकाहरुको उद्दार गरिएको हो ।

लागुऔषध प्रयोगकर्ता र घरबारविहिन भएर बेसहारा जीवन बिताइरहेकाहरुको पहिचान सहित बस्ने स्थान समेत छनौट गरिएको छ । लागुऔषध दुर्व्यसनीमा फसेर सडकमै आएकाहरुलाई सुधार गृहमा लगिएको छ । बुधबार उद्दार गरिएका २ जनालाई विराटनगर ३ मा रहेको लिवर्टी नेपालमा लगिएको छ ।

मेयर पराजुलीले बेसहारा मानिसहरुको अवस्था पहिचान गरी बस्ने स्थानको समेत व्यवस्था गरिएको बताए । उनले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताए । महानगरले बेसहारा मानिसहरुको व्यवस्थापनका लागि मानवसेवा आश्रमसंग सहकार्य गरी प्रत्येक वर्ष २५ लाख दिने गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ