arrow

असोज महिना र शुक्रबार जन्म हुने व्यक्तिको स्वभाव यस्तो हुन्छ

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ असोज ३० शुक्रबार
birth.jpg

असोज महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् । यसैगरी शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरीर निकै राम्रो हुने गर्दछ । यिनीहरु रचनात्मक क्षेत्रमा बढी हुन्छन् । 

शुक्रबार जन्मिएकाहरुलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेल जस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । यिनीहरु मलिन स्वरले बोल्ने र मिठो मुस्कानका धनी हुने गर्दछन् ।

यिनीहरु आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिले काँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ । 

शुक्रबार जन्मिएका मानिसको साथी धेरै भए पनि असल साथी कम हुने गर्दछन् । शुक्रबार जन्मिएकाहरुको सम्पत्ति अधिक हुने गरे पनि वचत कम हुन्छ । 

यिनीहरु खर्चालु स्वभावका हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ