arrow

आफ्नो घरमा मात्रै दशैं मनाउने डिसिसिएमसीको निर्णय, उल्लंघन गर्नेलाई कार्वाही 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ असोज ३० शुक्रबार
bake-district-office.jpg

नेपालगञ्ज । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँके (डिसिसिएमसी) ले कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आ–आफ्नो घरमा चाडपर्व मनाउनुपर्ने निर्णय गरेको छ । दशैं, तिहार, छठ, नेपाल सम्बत्, मोहम्मद डे लगायतका महान् पर्व नजिकिँदै गरेको अवस्थामा जोखिम बढ्ने भन्दै डिसिसिएमसीले आ–आफ्नो घरमा चाडपर्व मनाउने निर्णय गरेको हो । 

त्यस्तै धार्मिकस्थलमा धर्म, परम्परालाई निरन्तरता दिन दैनिक नित्य पूजा अर्चना मात्रै गर्ने निर्णय पनि गरेको छ ।
मानिसहरुको भिडभाड हुने गरी कुनै पनि मेला, जात्रा आदि आयोजना गर्न नदिने, स्वास्थ्य सम्बन्धि मापदण्ड पालनाका लागि प्रचारप्रसार, माइकिङ गर्ने र मापदण्ड पालना भए नभएको नियमित अनुगमन गरी मापदण्ड पालना नगर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने निर्णय गरिएको छ ।

नेपालगञ्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको भिडभाड नियन्त्रणका लागि बिहान १० बजेदेखि राति ८ बजेसम्म दुई पांग्रे बाहेक अन्य साधन सञ्चालनमा रोक लगाउने निर्णय पनि गरिएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ