arrow

अब खुला मञ्चतिर गठबन्धन आन्दोलन, एक महिना १२ घण्टे रिले अनसन

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
gathabandhan-birod-sabha-new.jpg.jpeg
काठमाडौ । मधेस र जनजातीका २६ बुँदे माग सुनुवाइको माग राखेर आन्दोलन गरिरहेको  संघीय गठवन्धनले यही २५ देखि काठमाडौंको खुलामञ्चमा १२ घण्टे रिले अनसन सुरु गर्ने भएको छ । अनसन १ महिना चल्ने संघीय गठबन्धनका नेता एवं सद्भावना महामन्त्री मनीष सुमनले बताए । 
 
अनसन बिहान ७ बजेदेखि बेलुकी ७ बजे सम्म चल्ने बताइएको छ । रिलअनसनका क्रममा सांस्कृतिक कार्यक्रम, कवि गोष्ठी र जनसभा लगायत विभिन्न कार्यक्रम हुने गठबन्धन नेताहरुले बताएका छन् । गठबन्धन संयोजक उपेन्द्र यादवले समेत  विज्ञप्ती जारी गरी रिले अनसनबारे जानकारी गराएका छन् । उनले गठबन्धनमा सहभागि घटकका भ्रातृ संगठनहरुलाई समेत सहभागी गराई प्रत्येक दिन एक–एक जना रिले अनसनमा बस्ने उल्लेख गरेका छन् ।
 
रिले अनसनको कार्यक्रम प्रदेश र जिल्लाहरुमा समेत हुने विज्ञप्तीमा जनाइएको छ । सिंहदरबार घेराउ र बालुवाटार घेराउपछि काठमाडौंका विभिन्न स्थानमा शान्तिपूर्ण धर्ना र प्रदर्शन गरेको गठबन्धनले पछिल्लो १२ दिनका लागि सार्वजनिक गरेको कार्यक्रम सोमबार सकिँदै छ । 
सोमबार गठबन्धनले पोखराको पृथ्वी चोकमा विरोध सभा गरेर पछिल्लो चरणको कार्यक्रम समापन गरेको हो ।
 
कार्यक्रमलाई सम्बोधन गर्न संघीय गठबन्धन संयोजक एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेन लगायत पोखरा पुगे । यसअघि, गठबन्धनले आइतबार वीरगन्जमा विरोध सभा गरेको थियो । जहाँ उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेता पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ