arrow

रुपन्देहीको तिलोत्तमामा सार्वजनिक घोला अतिक्रमण, वास्तविकता वुझ्न खोज्दा पत्रकार माथि जंगिए वडाध्यक्ष

logo
नारायण वली,
प्रकाशित २०७७ कार्तिक १ शनिबार
butwal-ghola.jpg

रुपन्देही । नियम र कानुन सम्वत् स्थानीय तहलाई सञ्चालन गर्दै, आएका छौं, भन्ने रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र कार्यरत कर्मचारीहरुको सस्तो अलोकप्रिय दावी भनाई वेला–वेलामा केही सञ्चार माध्यममा चर्चामा आउने गर्छ । 

तर तिनै कानुनको पालनालाई अपवाद वनाएर गफ उडाउने सोही नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले जनप्रतिनिधि (वडाध्यक्ष) ले सरकारी घोला (नाला) अतिक्रमण गरेको जानकार भएपनि थाहाँ नभए झैं गर्दै आएका छन् ।

अझ विडम्वना त, सामान्य विज्ञप्ती जारी गरेको र रिवन काटेको औपचारिक कार्यक्रमलाई क्षणभर मै व्यापक वनाउने सञ्चारमाध्यमले सार्वजनिक पद धारण गरेको, त्यो पनि वडाध्यक्ष जस्तो गरिमा पदमा वसेर सार्वजनिक घोला (नाला) अतिक्रमण गरेर खेती गर्दै आएको घटनालाई वाहिर नल्याउनु चासोको विषय वनेको त्यहाँका स्थानीय वताउँछन् ।

ललिता निवासको सार्वजनिक सरकारी जग्गा अतिक्रमण गरेको समाचार वाहिरिएसंगै देशका विभिन्न जिल्लामा त्यसैगरी सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको होडवाजी जस्तै वनेको छ । सरकारी जग्गाको संरक्षण तथा प्रर्वधन गर्ने प्रमुख जिम्मेवारी सरकारकै ओहोदामा वसेर राज्यको आर्थिक स्रोत लिदै आएकाहरुको भएपनि तर त्यसको ठिक उल्टो हुँदै आएको छ ।

त्यस्तै सार्वजनिक जग्गा अतिक्रमण गरेको कर्मकाण्डको रहस्य वाहिरीएको छ । तिलोत्तमा नगरपालिका वडा नं.६ का वडाध्यक्ष सुकदेव न्यौपानेले सोही वडामा रहेको सार्वजनिक घोला (नाला) अतिक्रमण गरी विगत देखि खेतीपाती गर्दै आएको रहस्य वाहिरीएको हो । जुन अतिक्रमण कार्यमा वडाध्यक्ष मात्रै नभई उनका दक्षिण तर्फका सँधियारको पनि संलग्नता रहेको पाईएको छ ।
    
बुटवलका आशिष न्यौपाने, तिलोत्तमाका दुर्गा प्रसाद गैरे र छविकला भट्टराई लगायतका अन्य व्यक्तिहरुको समेत जग्गाको रहेको र सोही जग्गाको विच भागमा रहेको सार्वजनिक घोला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय नापी विभाग अन्र्तगत नापी कार्यालय बुटवल वाट उपलब्ध गराईएको नक्सामा सो घोला (नाला) सिधा रहेको स्पष्ट देखाईएको छ । तर स्थलगत रुपमा उक्त घोला अतिक्रमण भएको प्रष्ट देख्न सकिन्छ ।

वडाध्यक्ष न्यौपानेले सार्वजनिक जग्गा अतिक्रमण गरेको पश्चिम दिशामा जग्गा रहेका आशिष न्यौपाने, दक्षिण तर्फ रहेका दुर्गा प्रसाद गैरे र उत्तर तर्फ रहेका छविकला भट्टराई लगायतले वताएका छन् । उक्त विषय पटक–पटक उठाउँदा पनि सार्वजनिक घोला अतिक्रमण वारे आवाज उठाउँदा सम्वन्धित निकाय तिलोत्तमा नगरपालिका मौन रहेको र नगरपालिकामा रहेको न्यायिक समितिलाई पनि निवेदन पेश गर्दा सो विषयमा जान नचाहेको आशिष न्यौपानेले गुनासो गरे । 

उनले भने, यो विषय नगरपालिकाको न्यायिक समितिमा पनि समस्या सुल्झाउन भन्दै एक निवेदन दिएको र छलफलका लागि यही असोज १३ गते टुलिप होटलमा नगरप्रमुख वासुदेव घिमिरे सहितको टोली वसेपनि तर न्यायिक समितिले कुनै चासो नदिएको र नगरप्रमुख वासुदेव घिमिरेले कुनै चासो नदिएको वताए ।

यसैविच सो विषयका वारेमा (हाम्रा कुरा) संग कुराकानी गर्दै, वडाध्यक्ष सुकदेव न्यौपानेले आफुले सार्वजनिक घोला (नाला) अतिक्रमण नगरेको दावी गरे, तर हाम्रा कुराकर्मीले राखेको नक्सा अनुसार सार्वजनिक घोलालाई साविक गर्न किन नसकेको भन्ने जिज्ञासामा वडाध्यक्ष न्यौपानेले त्यसको ठोस जवाफ नदिई, उल्टै हाम्रा कुराकर्मीलाई नै प्रतिप्रश्न गर्दै, मलाई थर्काउने भनी जंगिए । साथै उनले पत्रकारलाई खवर गर्दैमा के हुन्छ, पत्रकार कोहो र ? भन्ने जस्ता शब्द प्रयोग गरे । जुन टेलिफोन सम्वादको अंश हाम्राकुरासंग सुरक्षित छ ।

त्यस्तै, सोही विवादित क्षेत्रमा जग्गा भएका दुर्गा प्रसाद गैरेले सार्वजनिक घोला अतिक्रमण भएको वताएका छन् । उनले भने, यस विषयमा नापी विभाग वाट अमिन आएर छुट्टाएपनि तर ती किल्लाको निशाना अनुसार घोलालाई नछुट्टाएको जिकिर गरे । अर्की जग्गाधनी छविकला भट्टराईले जसका कारण आफुको लालपुर्जा अनुसार फिल्डमा जग्गा अपुग रहेको वताईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ