arrow

वितरणमुखी बजेटकै कारण ओली सरकार ढल्छ : महामन्त्री कोइराला

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
Thumbnails1_sasanka-koirala.jpg.jpeg
कावासोती । नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले बजेट उत्पादनमुखीभन्दा वितरणमुखी भएको बताउँदै यसै कारणले सरकार ढल्ने बताएका छन् । नवलपरासीको अमलटारीमा नेपाल महिला सङ्घको लुम्बिनी अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षणमा आएका कोइरालाले सञ्चारकर्मीसँग भने, ‘उत्पादनमुखी बजेट ल्याएर राष्ट्रिय पुँजीको विकास गर्नु अहिलेको आवश्यकता थियो, त्यो भएन ।’ भूकम्पपछिको पुनःनिर्माणलाई राष्ट्रिय प्राथामिकतामा राखेर बजेट ल्याउनु पर्नेमा त्यसो नगरी पार्टीलाई लोकप्रिय बनाउने उद्देश्यले बजेट ल्याइएका कारण सरकार ढल्ने कोइरालाको भनाई छ । 
 
काइरालाले भने, –‘भूकम्पले थिलोथिलो भएका जनतालाई राहत दिने कार्यक्रम बजेटमा खासै आएन, यसमा जनताले दुःख मानेका छन् । छिचरिएको बजेटले मुलुकको हित गर्दैन ।’ सरकारमा सहभागि माओवादी र राप्रपा नेपालसमेत बजेटप्रति असन्तुष्ट रहेकाले कांग्रेसले सरकार बारे नयाँ रणनीति बनाउँछ । सरकारले प्रस्तुत गरेको बजेटमा माओवादीले आलोचनात्मक समर्थन गरेको छ भने, राप्रपा नेपालले असन्तुष्टी जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ