arrow

छानबिन समिति नबनेसम्म सदनको कारबाही अघि बढ्दैन’

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
ramsaran-mahat.jpg.jpeg
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेट चुहिएका बारे छानबिन समिति गठन नभएसम्म व्यवस्थापिका–संसद्को कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट गरेको छ । 
 
नेपाली काँग्रेसको विरोधका कारण संसद्को आजको बैठक चार पटक सम्म स्थगन भएपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफमा काँग्रेस सांसद डा रामशरण महतले छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नरहेको बताए । “हाम्रा मागको सुनुवाइ भएको छैन र सरकारले अहिलेसम्म छानबिन समिति गठनबारे कुनै किसिमको प्रत्युत्तर दिएको छैन”–संसद् परिसरमा एकत्रित पत्रकारलाई उनले भने । उनले प्रतिपक्षका माग सम्बोधन नभएको बताउँदै बजेटमा बहस गर्न नेपाली काँग्रेस तयार रहेको बताए । 
 
सत्तारुढ प्रमुख दल नेकपा (एमाले)का सांसद वामदेव गौतमले बजेटको अङ्कमा केही तलमाथि भए पनि गम्भीर त्रुटि नभएकाले विरोधका लागि विरोध गर्नु विपक्षीको धर्म हो भने । उनले त्रुटि सच्च्याउँदै जानुपर्नेमा जोड दिँदै सदनको कामकारबाही अवरुद्ध गरेर काँग्रेसलाई घाटा हुने बताए  । उनले छानबिन समिति गठन गर्ने किसिमको गम्भीर गल्ती बजेटका सन्दर्भमा नभएको र सरकारले कुनै समाचारपत्रलाई सूचना नदिएको स्पष्ट पारे  । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ