arrow

राम ऐरको परिवारलाई कोरोना भाइरस, यस्तो छ अपिल

logo
प्रकाश बम, 
प्रकाशित २०७७ कार्तिक २ आइतबार
ram-aair-wife.jpg

डोटी । जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐर र उनका परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । ऐरसँगै उनकी श्रीमती नेकपा केन्द्रीय सदस्य गौरी वली र उनका छोरामा पनि संक्रमण देखिएको हो ।


संयोजक ऐरले फेसबुक मार्फत आफू लगायत आफ्नो परिवारका सदस्यमा कोरोना संक्रमण भएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आएका ब्यक्तिलाई सावधान रहन अपिल गरेका छन् ।

संयोजक ऐरले फेसबुकमा लेखेका छन्, ‘असोज २४ गते मित्र सित भेट भो २८ सम्मसँगै बसियो २६ गते राति घाँघीमा टन्सिल भो बिहान तातोपानीले टन्सिल ठिक भो । २७ र २८ गते सामान्य जरो रुघा लाग्यो । २९ देखि त्यो नि सन्चो भो। हाल हाइ सन्चो छु । बुढी र बच्चालाई सामान्य रुघा छ । तर हामी सबै कोरोना सङ्क्रमित भयौं । सावधान हुन मेरो सम्पर्कमा आउनु भएका सबैमा हार्दिक अपिल गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ