arrow

नेपाल चीन सम्बन्धमा चासो

logo
प्रकाशित २०७३ जेठ १७ सोमबार
nepal-and-china-new.jpg.jpeg
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निमन्त्रणामा चार दिनका लागि नेपाल भ्रमणमा आएको अखिल चीन पत्रकार सङ्घको प्रतिनिधिमण्डलले सोमबार सभामुख ओनसरी घर्तीलाई भेटी नेपालको शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र चीन र नेपालको सम्बन्ध लगायत विषयमा चासो व्यक्त गरेको छ । 
 
सङ्घका महासचिव गाओ सङ्गानको नेतृत्वको पाँच सदस्यीय टोलीले आज पत्रकार महासङ्घको केन्द्रीय कार्यालय र प्रेस काउन्सिल नेपालको कार्यालयमा समेत भ्रमण गरेको महासङ्घका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ