arrow

तीन बर्षसम्म दुर्गालाई आफ्नो रगत चढाएर राजाले के मागे ?

logo
ज्ञान,
प्रकाशित २०७७ कार्तिक २ आइतबार
navaratri1.jpg

काठमाडौं । दुर्गा सप्तशती अनुसार देवताहरुले जब आरधना गरे तब माता दुर्गा एक नारीको रुपमा, अम्बिकाको रुपमा एक चट्टान माथि प्रकट हुनुभयो । त्यहाँ महिषासुरका एक दूत आएर भन्छन्, 'तिमी निकै रुपवती छौ । हामीसँग हिड र हाम्रो महाराज महिषासुरको पटरानी बन ।'

माता भगवती भन्नुहुन्छ, 'मेरो त एक प्रतिज्ञा छ - 'योम: जायते संग्रामे' जो मलाई संग्राममा हराउछ म उसैको पत्नी बन्न सक्छु । तब मा भगवतीसँग महिषासुरको युद्ध भयो र कालीमठमा महिषासुरको वध भयो ।

सुमेधा मुनिसँग राजा सुरथ र समाधि नामका वैश्यले जब अभिष्ट सिद्धिको मार्ग सोधे तब सुमेधा मुनि भन्छन्, 'संसारको सर्वसत्ता छिन् मा भगवती तिमीहरु उहाँको पुजा गर ।'

दुवै नदि किनारमा बसेर भगवतीको पुजा गर्न थाले । उनिहरुले त सप्तशतीको पाठ पनि गरेनन् । उनिहरु तीन बर्षसम्म भगवतीलाई आफ्नो रगतले परोलक्षित बलि दिइरहे। जब भगवती प्रसन्न हुनुभयो तब भगवतीले भन्नुभयो, 'म तिमीहरुसँग प्रसन्न छुँ, माग तिमीहरु के चाहन्छौ ।'

तव राजा सुरथले भने, 'माता यदि तपाई मेरो भक्तिबाट प्रसन्न हुनुहुन्छ भने मलाई यस्तो राज्य दिनुहोस जुन कहिले पनि नष्ट नहोस तथा मेरो गुमेको राज्य पनि मलाई पुन प्राप्त होस ।'

भगवतीले भन्नुभयो, 'जाउ तिमी आफ्नो सेना जम्मा गर, सेना जम्मा गरेपछि जुन राज्य तिमीले गुमाएका छौ त्यो तिमीले पुन प्राप्त गर्नेछौ ।'

यस प्रकार सुरथले आफ्नो गुमेको राज्य पुन प्राप्त गरे । र भगवतीले उनलाई वरदान दिनुभयो कि तिमी अघिल्लो जन्ममा वैवस्वानको पुत्र भएर सावरानी नामको मुनी बन्नेछौ र त्यस समय तिमीलाई अखंण्ड राज्यको प्रप्ति हुनेछ ।

माता भगवतीले, त्यस आदिशक्तिले त्यसपछि समाधिसँग सोध्नुभयो, ' छोरा तिमी के चाहन्छौ ?'

समाधि वैश्य भन्छन्, 'हे माता मलाई संसारको कुनै पनि वस्तु चाहिदैन । मलाई राजपाट पनि चाहिदैन । मेरा परिवारले पनि आफ्नो स्वार्थ पुरा भएपछि मलाई तिलांजली दिए, यसकारण मलाई परिवार पनि चाहिदैन । मलाई यो अनुभव भएको छ कि यो नाता सम्बन्ध पनि सबै क्षणभंगुर छन्, कोहि कसैको साथ जादैन । मलाई संसारको वैभव पनि चाहिदैन किनभने यो पनि परिवर्तन हुने चीज हो, यसमा पनि परिवर्तन भइरहन्छ । यसकारण हे माता मलाई त यस्तो ज्ञान दिनुहोस कि मेरो अज्ञानान्धकार समाप्त होस । हे मा मलाई तपाईको जुन परारुप छ, त्यसको वास्तविक रुपको दर्शन गराइदिनुहोस, मलाई आत्मज्ञान प्रदान गर्नुहोस ।'

तब माताले भन्नुभयो,' तथास्तु तिमीलाई यस्तो नै ज्ञान प्राप्त हुनेछ र ज्ञान भएपछि तिमी मेरो वास्तविक रुपलाई जान्नेछौ ।'  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ