arrow

सीमामा हत्या गरि फालिएका असईको १२ तोपको सलामीसहित अन्त्येष्टि

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
gobinda-bk.jpg

कञ्चनपुर । कैलालीको धनगढी उपमहानगर पालिका स्थित अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको उच्च सम्मानका साथ सोमबार  अन्त्येष्टि गरिएको छ । 

आईतबार बिहान  नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्य हत्या गरि फालिएका अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घाटमा १२ तोपको सलामी सहित अन्त्येष्टि गरिएको हो ।

बिकको शोक सलामी सहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अन्त्येष्टि अगाडी बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले नेपाल प्रहरीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक (असई) बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा मृत भेटिएका थिए ।

उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अज्ञात छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ