arrow

यस्तो हुन्छ कार्तिकको मंगलबार जन्मने व्यक्तिको स्वभाव 

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
baby-hand.png

काठमाडौं । महिना र दिनैपिच्छे जन्मिने मानिसको स्वभाव फरक हुने गर्छ । हुनत एकैपटक जन्मेका जुम्ल्याहा र तिम्ल्याहा वा त्योभन्दा बढी एकैपटक जन्मनेको स्वभावसमेत फरक रहेको पाइन्छ । तर सामान्यतया प्रवृत्ति भने मिल्ने खालको हुने गर्छ । 

यस्तै हुन्छ कात्तिक महिना र मंगलबार जन्मिने व्यक्तिहरुको स्वभाव पनि । उनीहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् । उनीहरु मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् । 

साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवृत्ति र पापी पनि हुने गर्दछन् ।

यसैगरी मंगलबार जन्मिएका मानिस उग्र स्वभावका हुन्छन् । विवादमा परिरहन्छन् । छालाको रोगी हुन सक्छन् । 

साहसी र बहादुर पनि हुन्छन् । रचनात्मक कार्यमा पोख्त हुन्छन् । धेरै तनाब महसुस गर्छन् र राम्रो नेता समेत हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ