arrow

नेविसंघ महामन्त्री तिमल्सिनाद्धारा अत्यावश्यकीय सामग्री वितरण 

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
baldev-timalsina-help.jpg

सिन्धुपाल्चोक । नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले सोमबार सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ३ स्थित धुस्कुन स्वास्थ्य चौकीमा सोलार बत्ती, एन–९५ मास्क,सेनेटाइजर लगायतका अत्यावश्यक सामग्रीहरु वितरण गरेका छन् ।

 त्यसैगरी वडा कार्यालयको प्रयोजनका निम्ति जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं ३ का अध्यक्ष कैलाश पौडेल लाई तिनै अत्यावश्यक सामग्रीहरु तिमल्सिनाले हस्तान्तरण गरेका छन् । कोरोना भाइरसको महामारी, विभिन्न समयमा आएको बाढी पहिरो लगायत विपत्ति र जिल्लाले बहोर्नपरेको पीडामा मल्हम लगाउन तिमल्सिनाको नेतृत्वको टोली संगै जिल्ला पार्टी तथा भ्रातृ एवं सुभेच्छुक संस्थाका नेताहरू सम्मिलित टोली जिल्लामा निरन्तर क्रियाशिल छ । 

विस्थापितहरुको राहत,उद्धार र पुनर्स्थापनामा जिल्लाामा अग्रणी भुमिकामा रहेका नेविसंघ महामन्त्री तथा नेपाली कॉंग्रेसका नेता तिमल्सिनाले अहिले खाद्यान्न, सोलार बती र एन–९५ मास्क, सर्जिकल मास्क, सेनेटाइजर,ग्लोब्स लगायत स्वास्थ्य साबधानिका सामग्री वितरण अभियान संचालनमा रहेको जानकारी गराए ।
यसैक्रममा केही समय पहिले इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकमा कार्यरत प्रहरी हरुको निम्ति त्यहॉंका कार्यलय प्रमुख प्रहरी निरीक्षक देवेन्द्र शाह संगै बाह्रबिसे नगरपालिका वडा नं ७ स्थित घुम्थाङ उपस्वास्थ चौकीको प्रयोजनका निम्ति पुर्ब गाबिस अध्यक्ष धर्म श्रेष्ठ, नेपाली काङ्ग्रेसका वडा इकाई सभापति कृष्ण बा।श्रेष्ठ र वडा सदस्य वीर बहादुर बलराम थापा मार्फत  स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, सोलार बत्ती लगाएत सामाग्री प्रदान गरीएको थियो ।

महामारीको संत्रास र जोखिम बढिरहेको र सरकार झन असंबेदनशिल बनिरहेको बर्तमान अबस्थामा थप दायित्वबोधका साथ यो अभियान निरन्तर जारी रहने महामन्त्री तिमल्सिनाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ