arrow

आगलागीमा परी ७६ जनाको मृत्यु

logo
प्रकाशित २०७३ जेठ १८ मंगलबार
dadhelo-fire-on-jungle.jpg.jpeg
काठमाडौं । प्राकृतिक प्रकोपबाट थुप्रै धनजनको क्षति भएपनि सरकारले अवस्था सामान्य रहेको बताएको छ । मंगलबार बसेको व्यवस्थापिका संसदमा विशेष समय लिएर बोल्दै उपप्रधान तथा गृहमन्त्री शक्तिबहादुर बस्नेतले अवस्था समान्य रहेको बताएका हुन् । 
 
मन्त्री बस्नेतले सरकारले गर्ने राहत तथा उद्धारको कुनैपनि काम बाँकी नराखेको बताए । २०७२ मंसिर १ देखि हाल सम्म भएका प्राकृतिक प्रकोपका घटनाबारे जानकारी दिँदै मन्त्री बस्नेतले आगलागीबाट हाल सम्म विभिन्न जिल्ला गरी ७६ जनाको मृत्यु भइसकेको बताए । बस्नेतले आगलागीमा गुल्मीमा सबैभन्दा बढी ९ जनाको मृत्यु भएको जानकारी दिए । यस्तै हुम्लामा पाँच, मकवानपुरमा ४, कास्कीमा ३ जनाको मृत्यु भएको र विभिन्न जिल्लामा मानविय क्षति भएको जानकारी गृहमन्त्रीले दिए । आगलागिबाट एक सय  १५ जना घाइते भएका छन् भने, २ सय ३४ घर पूर्व रुपमा ध्वस्त भएका र ३ हजार बढीमा क्षति पुगेको उनले बताएका छन् । 
 
यस्तै,  बाढीबाट १७ जनाको मृत्यु भएको छ । भने २८ बढी घाइते भएका छन् । चट्याङले मात्रै २८ बढीको मृत्यु भएको छ । आगलागि पीडित ३ हजार ३२ परिवारलाई जस्तापाता वितरण गर्न ३ करोड ९१ लाख निकासा भइसकेको समेत गृहमन्त्री बस्नेतले जानकारी दिए ।  गृहमन्त्री बस्नेतले कर्णाली र बाजुरामा देखिएको आद्यान्न अभावलाई मध्यनजर गरी बंगलादेशबाट सहयोग प्राप्त ३० हजार क्वीन्टल चामल पठाइसकेको सुनाए ।  उद्योगि सुरेश केडियाको अपहरणबारे निकै कुरा उठेको भन्दै गृहमन्त्रीले घटनाक्रमको विवरण र कारबाहीबारे जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ