arrow

बाँकेमा २४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
corona-killed-final.jpg

नेपालगञ्ज । बाँकेमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ५ महिना अघिदेखि मानसिक समस्याबाट ग्रसित बेलाडी ५ कञ्चनपुरका २४ वर्षिय पुरुषको मृत्यु भएको हो । 

मंगलबार बेलुकी साढे ७ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । स्वास्थ्य अवस्था विग्रँदै गएपछि असोज ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएका उनमा कोरोना भाइरससंग मिल्दो लक्षण देखिएपछि स्वाब परिक्षण गर्दा कार्तिक ३ गते कोरोना पुष्टि भएको थियो ।

यो सँगै बाँके जिल्लामा उपचारका लागि आएका बाहिरी जिल्लाका १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ