arrow

रोल्पामा ६३ जनाले गरे आत्महत्या

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ जेठ १८ मंगलबार
rolpa-susaite-FNL.jpg.jpeg
रोल्पा । जिल्लामा आत्महत्या गर्नेको संख्या प्रतिदिन वृद्धि हुँदै गएको छ । प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले पछिल्लो समय रोल्पामा आत्महत्याका घटना बढेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७२–०७३ मा मात्र रोल्पा जिल्लामा झुण्डिएर ३९ र विष खाएर २२ गरी ६३ जना दिवंगत भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०–०७१ मा ४३ र आर्थिक वर्ष ०७१–०७२ मा ४१ जनाले मृत्युवरण गरे ।  
 
प्रनाउ घर्तीमगरले भने, ‘विशेष गरी ३१ देखि ४५ वर्ष उमेर समूहका मानिसहरुले आत्महत्या गर्ने गरेको भेटिएको छ ।’ जिल्लाको शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा यसप्रकारका बढी घटना घट्ने गरेका छन् । वैवाहिक सम्बन्धको आधारमा हेर्दा विवाहितहरु बढी छन् भने लिङ्गको आधारमा हेर्दा महिला भन्दा पुरुषको संख्या बढी छ । 
 
प्रनाउ  घर्तीका अनुसार दैनिक नशालु पदार्थको सेवन (लागु औषध तथा मद्यपान पान), डिप्रेसन अर्थात् मानसिक असन्तुलन, दीर्घरोगी, बालविवाह, बहुविवाह, घरेलु तथा सामाजिक हिंसा, गरिबी, बेरोजगारी तथा अशिक्षा, प्रविधिको गलत प्रयोग, प्रेममा असफल हुनु, उच्च महत्वाकांक्षा हुनु, तनावपूर्ण जीवन जिउनु वा पुराना घटनाहरुको नकारात्मक प्रभावका कारण हिनताबोध हुन एवं पश्चाताप हुनु नै आत्महत्याका मूल कारणहरु देखिएका छन्  । 
 
आत्महत्या एक प्रकारको मानसिक रोग हो । यसको नियन्त्रणका थप खोज तथा अनुसन्धान हुन आवश्यक छ । सामाजिक जनचेतना, गुणस्तिरीय एवं सुलभ शिक्षा एवं रोजगारी यसको समस्या समाधानको उपयुक्त विषय रहेको सरोकारवालाहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ