arrow

नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गाउँले र पत्रकार भण्डारी सम्मानित

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ जेठ १८ मंगलबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । पाँचथरको फिदिममा आज आयोजित एक कार्यक्रमका वीच दुई जना पत्रकारहरुलाई सम्मानित गरिएको छ । 
 
स्वतन्त्र सेनानी पत्रकारिता पत्रकार पुरुस्कारबाट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा सिआइजीका सम्पादक शिव गाउँले र इगल एफ.एम ९९.२ मेगाहर्जका स्टेशन म्यानजेर, रासस, इमेज च्यानल कालिका एफ.एम र पूर्वेली अनलाइनका पाँचथर संवाददाता जितेन्द्र भण्डारी सम्मानित भएका हुन् ।
 
लोकतान्त्रिक,गणतन्त्र स्थापनाका लागि अमूल्य योगदान पुरयाएको भन्दै गाउँलेलाइ ११ हजार १ सय ११ रुपैया र जिल्लामा वातावरणयी क्षेत्रमा अमूल्य योगदान पुरयाएको भन्दै भण्डारीलाई ५ हजार ५ सय ५५ रुपैया राशीको उक्त पुरुस्कार प्रदान गरिएको हो ।
 
 स्वतन्त्र सेनानी पत्रकारिता पुरुस्कार नेपाल पत्रकार महासंघ शाखा पाँचथरले स्थापना गरेको हो भने स्वर्गिय हरिचरण भद्रमाँया पत्रकारिता पुरुस्कार फिदिम १ ब्यवसायि नरेन्द्र अधिकारीले वुवा आमाको नाम्मा स्थापना गरेका हुन् ।
 
 सभासद तथा उद्योग वाणिज्य हित सम्वद्द संसदिय समितीका सभाति भिष्मराज आङदेम्बेले सम्मान सहित उक्त पुरुस्कार राशी प्रदान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ