arrow

रुकुममा सिडिओकै अगाडि ज्यान मार्ने प्रयास, सांसद नै जमानी बसेर छुटाए ‘गुण्डा’

पिडित बोहोरा कोहलपुर मेडिकल कलेजको आइसियूमै उपचार गराउँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
laxman-bohora-rato-kami.jpg

रुकुम पश्चिम। सत्ता र शक्तिको नाममा सर्वसाधारणहरुले न्याय मरिरहेको रुकुममा फेरि अर्को काण्ड भएको छ । प्रमुख जिल्ला अधिकारीकै सामुन्ने ज्यान मार्ने हर्कत गर्ने व्यक्तिहरुलाई प्रदेश सांसद जमानी बसेर छुटाएपछि यहाँका सर्वसाधारणहरु ‘सानालाई ऐन र ठुलालाई चैन’ हुने भन्दै न्याय हराएको अनुभूति गर्न थालेका छन् । 

ज्यान मार्ने उद्योगमा पक्राउ परेका आठबिसकोट नगरपालिका वडा नम्बर ३ का सुसिल बि.क, मनोज शाही, जनक बुढा र सहदेव कुसारीलाई यहाँबाट निर्वाचित प्रदेश सांसद रातो कामीले आफू जिम्मेवार रहने भन्दै हस्ताक्षर गरेर बुझेर लगेका छन् । कार्तिक २ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा जमानी बसेर कामीले आफ्ना कार्यकर्ता छुटाएका हुन् । प्रदेश सांसद नै यस्तो घटनामा आफ्ना कार्यकर्ता जोगाउँन लागि परेपछि पीडित झन् पीडित बनेका छन् । 

कुटपिट हुँदा सिडिओ मुकदर्शक
आक्रमणकारीहरुले कार्तिक १ गते नगरपालिकाको राडि बजारको बोहोरा होटलमा बास बसेका सोहि नगरपालिका ३ का लक्ष्मण बोहरालाई सुतेको बेला ज्यान मार्ने सम्मको नियत राखि आक्रमण गरेका थिए । राति १२ बजे होटेलमा सुतेको कोठाको ढोका फोडि बोहरालाई बाहिर निकालेर फलामको रड, लाठि, मुक्का र लात्तिले कुटपिट गरेको पिडित बोहोराले बताए ।

जिल्लामा भर्खरै मात्र आएका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरे सोहि रात घटना भएको नजिकैको होटलमा बास बसेका थिए । उक्त घटनाले कोलाहल मच्चिने बित्तिकै बाहिर निस्केका प्रजिअ गैरे घटनाको मुकदर्शक मात्रै बनेको पीडितको भनाई छ । ‘उनी घटनाको साँछि जस्तै भए, न प्रहरीलाई आदेश दिए, न त कुटपिट गर्नेहरुलाई केहि भन्न सके’ पीडितका आफन्तले भने, ‘सिडिओकै अगाडि यस्तो छ, अघिपछि यहाँका जनता कसरी श्वास फेर्छन् होला’ !

प्रजिअको साथमै रहेका डिएसपी ठगबहादुर के.सी.ले भने कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिए । घटनामा करिब १५ जनाको संलग्नता रहेको स्थानीय बताउँछन् । डिएसपी केसीले पक्राउ परेका चारै जनालाई राती नै जिल्ला पठाएर कार्बाहिको तयारी गरेका थिए । घटना नजिकैबाट नियालेका स्थानीय भन्छन्, ‘डिएसपी साप नभैदिएको भए सिडिओकै अगाडि एउटा सर्वसाधारणको हत्या हुने थियो ।’

पक्राउ परेका सुशिल बिक वडा नम्बर ३ का वडा अध्यक्ष केशरमान बिकका भाई हुन् । उनले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई आक्रमण गरी कुटपिट गरेको घटनामा मुद्धा खेपिरहेका छन् । अन्य तीन जना भने नेकपाका कार्यकर्ता हुन् । 

आठबिसकोट क्षेत्रमा बेलाबेला हुने साबिक माओबादीका यस्ता हर्कतहरुबाट स्थानीयहरु त्रसित भएका छन् । अपराधका घटनामा राजनीतिक दवावका दिई माननीय आफै आएर जमानी बसेर प्रहरीबाट छुटाउँदा पीडितले न्याय पाउँनुको साटो पीडक झन् आपराधीक बाटोमा जाने देखिने स्थानसिय बुद्धिजिवीहरु बताउँछन् । उक्त घटनामा घाईते भएका बोहराको अवस्था भने गम्भीर रहेको छ । उनलाई हालसम्म पनि कोहलपुर मोडिकल कलेजको आईसियुमै राखेर उपचार भैरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ