arrow

पौडेल र बाँस्कोटा दम्पत्तीमा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
dormani.JPG

वाग्मती । वाग्मती प्रदेशका  मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ  । 

मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत संक्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । 

पछिल्ल दिनमा  सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेशनमा रहेका थिए ।

साथै पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पनि कोरोना संक्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा बिहिबार धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई संक्रमण देखिएको उनले जानकारी दिएका छन्। 

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ