arrow

एक्साइड ब्याट्री नेपालमा रिटेलरहरुको पहिलो रोजाइमा

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
exide-auto-parts-winner.jpg

काठमाडौं। नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले विजया दशमी २०७७ को अवसरमा आफ्ना च्यानल पार्टनरहरुलाई सिक्का एप मार्फत जम्मा भएको प्वाईन्ट बराबरको विभिन्न उपहारहरु वितरण गरेको छ। उपहारहरु वितरण कार्यक्रम अन्तर्गत नेपालभरका च्यानल पार्टनरहरुको रोजाइअनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगायतका सामानहरु वितरण गरिएको हो। उक्त कार्यक्रममा एक्साइड ब्याट्रिज् नेपालका जनरल म्यानेजर सुरेशकुमार तिवारीले एक्साइड ब्याट्री च्यानल पार्टनरहरु माझ सधै एक नम्बरमा रहन सफल भएको दावी गरे।

यससंगै सिप्रदी ट्रेडिङ्ग प्रालिको पहलकदमीमा सिक्का एप लन्च गर्न पाउँदा च्यानल पार्टनरहरु अत्यन्तै खुसी भएको उल्लेख गर्दै तिवारीले सिक्का एपको बिशेषता भनेको च्यानल पार्टनरहरुले प्वाईन्टहरु जम्मा गर्न सक्ने वा आफ्नो रोजाइमा प्वाईन्ट अनुसार प्राप्त हुने नगद वा अन्य उपहारहरु प्राप्त गर्न सक्ने बताएको सिप्रदीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

एक्साइड ब्याट्री नेपाली बजारमा एकदमै विश्वसनिय र नम्बर एक ब्याट्री रहेको दावीसमेत विज्ञप्तिमा गरिएको छ। भनिएको छ, ‘एक्साइड ब्याट्री अटोमोटिभ, सोलार, घरायसी प्रयोग तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ। एक्साइड ब्याट्री यसको गुणस्तर, प्रोडक्ट पोर्टफोलियोको सहज उपलब्धताका कारण नेपाली बजारमा निरन्तर एक नम्बरमा रहन सफल भएको छ। सिप्रदी विगत लामो समयदेखि ग्राहकको विश्वास र बृहत व्यवसायिक नेटवर्कका कारण यहाँसम्म पुग्न सफल भएकोमा गर्व गर्दछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ