arrow

हेलिकप्टरबाट ल्याइएका कोरोना संक्रमित पौडेल दम्पती गंगालालमा

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
dormani.JPG

काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । मुख्यमन्त्री  पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी ल्याइएको हो ।
 
मधुमेहका बिरामी  मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंडा अस्पतालका चिकित्सकद्वारा  पौडेलको उपचार गरिएको थियो । 

नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौं ल्याएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।  

पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । 

एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक  सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ