arrow

सशस्त्र प्रहरीद्धारा अवैध २१ वटा मोबाइल नियन्त्रणमा

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
122187846_365343641481304_2.jpg

नवलपरासी । नवलपरासी पश्चिमको भारतीय सिमा क्षेत्रबाट २ लाख ५ हजार ८ सय मुल्य बराबरको अबैध मोबाईल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रवार सुस्ता गाउँपालिका वडा नं ५ नन्दनगर स्थित लुकाई छिपाई भारतबाट नेपालतर्फ भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको २१ थान (रियल्मी सी ११) मोबाईल सशस्त्र प्रहरी निरिक्षक सन्तोष खरेलको नेतृत्वमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त मोबाइल मानिसहरुले मोटरसाईकलमा राखी ल्याउँदै गर्दा सशस्त्र प्रहरीको टोलीलाई देखेर मोबाइल फाली भागेका थिए । 

नियन्त्रणमा लिएको मोबाइल आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण नवलपरासी पश्चिमका सूचना अधिकारी रोशन घिमिरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ