arrow

कर्मचारी ट्रेड युनियनको निर्वाचन सुरु

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
Shinga-Durbar-shingadurbar-area-ministry-energy.jpg.jpeg
काठमाडौँ। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आज बिहान ९ बजेदेखि सुरु भएको छ । 
 
प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले देशभर बिहान ९ बजेदेखि निर्वाचन सुरु भएको राससलाई जानकारी दिनुभयो । 
 
निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिनेछन् । कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् । 
 
नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा उम्मेदवारी दिएका छन् । 
 
निर्वाचन आज अपराह्न ५ बजेसम्म चल्नेछ । यसैबीच, सरकारले निजामती कर्मचारीलाई आज सार्वजनिक बिदासमेत दिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ